जीवनी
Биография
सन्देश लम्साल एक ब्राह्मण परिवारमा जन्मिएका थिए। उनको जन्म वि.सं. २०५१ साल भाद्र १ गते (सन् १९९४ अगष्ट १७) दाङमा भएको हो। उनका पिताका नाम गणेश लम्साल र माताको नाम सुशीला लम्साल हो । सन्देशले नेपालमा १२ कक्षासम्म अध्ययन गरे र सन् २०१५ मा रुसी सरकारबाट एमबीबीएसमा छात्रवृत्ती पाएपछि अध्ययनका लागि उनी रुस पुगे । उनी हाल सेन्ट पीटर्सबर्ग, रुसमा बसोबास गरिरहेका छन् । त्यहाँ उनले अध्ययन र खेलकुदका साथसाथै कुटनितिज्ञको रुपमा पनि काम गरेका छन् । उनले सेन्ट पीटर्सबर्ग र लेलिनग्राद क्षेत्रमा नेपालको प्रतिनिधीको रुपमा विद्यार्थीहरुको एक टोली बनाएका थिए । नेपाली संकृती र पर्यटन प्रवद्र्धनका लागि उनले रसियामा धेरै कार्यक्रमको समेत आयोजना गरेका छन् ।[1] उनी सोशल मिडिया र सामाजिक कार्यहरूमा धेरै सक्रिय छन् । उनले ट्रान्जिसन, अभिनय, खेल, स्वास्थ्य, सौन्दर्य सुझावले भरिएका भिडियो सहित विभिन्न सामाग्री सामाजिक संजालमा पोष्ट गर्दै आएका छन् । टिकटक, लाइकी, हेलो, टांगी, इन्स्टाग्राम, अमेजन, मोज आदिमा सन्देश निकै लोकप्रिय छन् । मनोरन्जन, खेलकुद र सामाजिक जागरुकताका क्षेत्रहरूमा उनले धेरै भिडियो निर्माण गरेका छन् । सन्देशले कोरोना भाइरसको संक्रमण कालमा सामाजिक संजालमा यसको रोकथाम र सुरक्षाको बिषयमा थुप्रै भिडियो सामाग्रीहरु बनाएर पोष्ट गर्दै आएका छन् । उनले धेरै भारतीय लोकप्रिय सोशल मिडिया प्रभावकर्ताहरू संग काम गरेका छन् र उनका भिडियो सामाग्रीहरु बलिउडका लोकप्रिय कलाकारहरुले समेत शेयर गरेका छन् । उनी "प्यारा दा संदेश" नामक एक बलिउड चलचित्र (2016) र हिन्दी गीत "सन्देश" (2019) मा पनि देखिएका थिए ।[2] उनी तेक्वान्दोमा पनि २ दान ब्ल्याक बेल्ट हुन् । उनले नेपाल र रुसका धेरै प्रतियोगितामा भाग पनि लिएका छन् । रुसमा रहेका सन्देशले नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेखनिय काम गरेका छन् । सन्देश एक मात्र नेपाली हुन् जसले संयुक्त राष्ट्रसङ्घका अनलाइन स्वयंमसेवक हुनुको साथै सन् २०१७ मा फिफा कन्फेडेरेसन कप र सन् २०१८ मा फिफा विश्वकपको समयमा रुसमा फुटबल खेल हेर्न आएका विभिन्न देशका दर्शकहरुको चिकित्सा सेवाको लागी चिकित्सा स्वयंसेवकको रुपमा समेत काम गरेका छन् । उनी सन् २०१५को भूकम्प पीडितहरूलाई सहयोग पुर्याउन रुसको सेन्ट पिटर्सबर्गमा आयोजित "नेपाल फेस्ट" कार्यक्रमको आयोजक र व्याख्याता पनि हुन् ।[3]
Он был замечен в фильме Болливуда (2016) под названием «Пьяра да Сандеш» и в песне «Сандеш» (2019).[2] Он также имеет черный пояс 2-го дана по тхэквондо и участвовал во многих соревнованиях в Непале и России. Сандеш активно занимается продвижением непальского туризма и непальской культуры в России. Сандеш - единственный непалец, который является онлайн-волонтером Организации Объединенных Наций и также волонтером Кубка Конфедераций ФИФА в 2017 году и чемпионата мира по футболу в России в 2018 году по медицинским направлениям.
«Консул» # 2 (43), (2016) "Сандеш Ламсал: Я с удовольствием возвращаюсь сюда" С.
Журнал "Консул" № 2 (43), 2016. "Сандеш Ламсал: Я с удовольствием возвращаюсь сюда."
ЛАМСАЛ О БАЗОВЫХ ПРИНЦИПАХ ДРЕВНЕЙ ФИЛОСОФИИ ЙОГИ (МАЙ ’17)
Журнал "Экология мышления" "С.Ламсал о базовых принципах древней философии йоги"(май 2017).
KhullaPage 9. इन्टरनेट चलचित्र डेटाबेसमा Sandesh Lamsal
KhullaPage 9. IMDb - Sandesh Lamsal