# ne/GP5fQfuhC55U.xml.gz
# zh/GP5fQfuhC55U.xml.gz


(src)="1"> मलाई थाहा छ तपाईहरु के सोचिरहनुभएको छ | तपाईहरु सोचिरहनुभएको छ कि मैले बाटो बिराए , र केहि बेरमा कोही यो स्टेजमा आउँदैछ र मलाई बिस्तारै मेरो सिटमा लैजानेछ | ( ताली ) दुबईमा मलाई सधै नै यस्तो हुन्छ |
(trg)="1"> 我 知 道 你 哋 諗 咩
(trg)="2"> 你 哋 覺 得 我 走 錯 咗 上 台
(trg)="3"> 然 後 有 人 會 好 快 帶 我 返 落 去

(src)="2"> " तपाई यहाँ छुट्टीमा आउनुभएको हगि ? "
(trg)="5"> 我 喺 杜 拜 成 日 會 遇 上 呢 啲 問 題 ︰
(trg)="6"> 「 嚟 呢 度 度 假 吖 ? 」

(src)="3"> ( हाँसो )
(trg)="7"> ( 笑 聲 )

(src)="4"> " बच्चाहरु भेट्न आउनुभएको हो ? कहिले सम्म बस्नुहुन्छ ? " तर सत्य , म अझै अलि लामै समयको आशा गर्छु | म खाडी क्षेत्रमा ३० वर्ष भन्दा अघि देखि बस्ने र पढाउने काम गरिरहेको छु | ( ताली ) र त्यो समयमा , मैले धेरै परिवर्तनहरु देखेको छु | त्यो तथ्यांक अलिक निराशाजनक छ | र आज म तपाईहरु संग भाषाको विनाश र अंग्रेजीको विश्वव्यापिकरण बारे केहि भन्न गैरहेकोछु | म तपाईहरुलाई मेरो एक जना साथी को बारेमा उल्लेख गर्न चाहन्छु , जसले आबु धाबीमा वयस्कहरुलाई अंग्रेजी पढाइरहेका थिए | अनि एक राम्रो मौसम भएको दिन पारेर उनीहरुलाई प्रकृति सम्बन्धि केहि शब्दहरु सिकाउन बगैचामा लैजाने निर्णय गरिन् | तर भयो के भने उनले उल्टै स्थानीय बोटबिरुवाहरुको अरेबिक नाम सिकिन् | तिनीहरु को प्रयोग सहित -- औषधि , सौन्दर्य , पकाउने तथा जडिबुटी को रूपमा | ती विद्यार्थीहरुले त्यो सबै ज्ञान कहाँ बाट पाए ? अवस्य पनि , उनीहरूका बाजे- बजु बाट र अझ जिजु बाजे- बजु बाट | तपाईहरुलाई यो भन्नु आवश्यक छैन कि एक पुस्ता र अर्को पुस्ता बिचमा सम्बाद गर्न सक्ने क्षमता कति आवश्यक छ | तर दुःख को कुरा , आज भाषाहरु विनाश भैरहेका छन् र त्यो पनि अभूतपूर्व गतिमा | प्रत्येक १४ दिनमा एउटा भाषा को विनाश हुन्छ | र त्यहि समयमा , अंग्रजी चाहिँ निर्बाध विश्व भाषा भैरहेकोछ | के यो दुवैको को बिचमा केहि सम्बन्ध हुनसक्छ त ? खै मलाई चाहिँ थाहा छैन | तर मलाई के थाहा छ भने मैले धेरै परिवर्तन देखेको छु | जब म पहिलो पटक खाडी क्षेत्रमा आएँ , म कुबेत आएको थिए त्यस्ता दिनहरुमा जब त्यो कठिन पद थियो | उति सारो पहिला पनि हैन | त्यो त अलि पहिला नै हो | तैपनि , ब्रिटिस काउन्सिलले म लगायत अरु २५ शिक्षकहरुलाई नियुक्ति दियो | र हामी कुबेतको सरकारी स्कुलमा पढाउने पहिलो गैर- मुसलमान भयौं | हामीहरु अंग्रेजी पढाउन ल्याईएका थियौं किनकि सरकार देशलाई आधुनिकरण गर्न र आफ्ना नागरिकलाई शिक्षा द्वारा सुदृढ गराउन चाहन्थ्यो | र अवस्य पनि बेलायतलाई फाइदा थियो त्यो आकर्षक तेल को सम्पति बाट | ल त्यसो भए | अब यो चाहिँ मैले देखेको मुख्य परिवर्तन हो -- कसरी अंग्रेजी को पढाई परस्पर फाइदा को परम्परा बाट हाल को एक भयंकर अन्तराष्ट्रिय व्यापारमा रुपान्तरित भएको छ | अब यो विद्यालयको एक वैदेशिक भाषाको पाठ्यक्रम मात्र सिमित छैन | र मातृभूमि बेलायतको एकल क्षेत्राधिकार भित्र मात्र पनि छैन | यो त अब विश्व का हरेक अंग्रेजी- भाषी मुलुकको लागि देखासिकी भएको छ | अनि किन नहोस त ? जे भएपनि , सर्वोत्कृष्ट शिक्षा -- हालैको विश्वभरका विश्वविद्यालयहरुको वर्गीकरणलाई आधार मान्ने हो भने -- बेलायत तथा अमेरिकाका विश्वविद्यालयहरुमा पाइन्छ | त्यसैले स्वभावत रूपमा सबैजनाले अंग्रेजी शिक्षा लिन चाहान्छन् | तर यदि तपाई मौलिक भाषी हैन भने , तपाईले एउटा परीक्षा उत्तीर्ण गर्नु पर्छ | अब के एक विद्यार्थीलाई भाषागत क्षमताको आधारमा मात्र निषेध गर्नु उचित हुन्छ त ? हुनसक्छ तपाई संग एक कम्प्युटर बैज्ञानिक छ जो अत्यन्त मेधावी छ | उदहारण को लागि , के त्यो विद्यार्थीलाई एक वकिल हुन चाहिने जतिनै भाषा ज्ञान चाहिन्छ ? खै , मलाई त त्यस्तो लाग्दैन | हामी अंग्रेजी शिक्षक सदैव उनीहरुलाई निषेध गर्छौ | हामी निषेधको चिन्ह राख्छौं , र उनीहरुको बाटो बाट रोक्छौं | अब उनीहरू आफ्नो सपना पुरा गर्न सक्दैनन् , जब सम्म उनीहरू अंग्रजी सिक्दैनन् | अब मलाई यसरी प्रस्तुत गर्न दिनुहोस् , मैले एक एकल- भाषी नेडरल्यान्डवासी भेटें , जो संग क्यान्सर को उपचार थियो , के म उनलाई एक बेलायती विश्वविद्यालयमा प्रवेश गर्न बाट रोक्ने थिएँ ? अहँ मलाई त त्यस्तो लाग्दैन | तर वास्तवमा हामी त्यहि गरिरहेका छौं | हामी अंग्रेजी शिक्षकहरु ढोके भएका छौं | तपाईले हामीलाई सन्तुष्ट पार्नु पर्छ कि तपाईको अंग्रजी राम्रो छ | अब समाज को सानो समुदाय लाई धेरै शक्ति दिनु खतरनाक पनि हुन सक्छ | त्यो बाधा अलि बढि नै विश्वव्यापी पनि हुनसक्छ | ल त्यसो भए |
(trg)="8"> 「 嚟 探 小 朋 友 吖 ? 你 會 留 幾 耐 ? 」
(trg)="9"> 其 實 我 想 留 耐 啲
(trg)="10"> 我 喺 波 斯 灣 生 活 同 教 書 已 經 超 過 3 0 年 啦

(src)="5"> " तर " , म तपाईले भनेको सुन्छु , अनुसन्धान जति सबै अंग्रेजीमै छ नी , त्यो बारेमा के गर्नु ? पुस्तकहरु सबै अंग्रेजीमा छन् , अनुसन्धानको प्रकाशन सबै अंग्रेजी मै गरिन्छ , तर त्यो आत्म- पूरा भविष्यवाणी मात्र हो | त्यसले अंग्रेजी को आवश्यकतालाई पोषण गर्छ | र त्यो त्यसरी नै बढिरहन्छ | म तपाईहरुलाई सोध्छु , अनुवाद के भयो ? इस्लाम को स्वर्ण युगलाई नियाल्नुहोस , त्यति बेला धेरै नै अनुवादहरु हुन्थे | उनीहरुले ल्याटिन र ग्रीकलाई अरेबिकमा , अनि फारसीमा अनुवाद गरे , अनि फेरी युरोपको जर्मेनिक भाषामा अनुवाद गरियो अनि पछि रोमनिक भाषामा | त्यस पछि युरोपको अन्धकार युगमा उज्यालो छायो | मलाई गलत अर्थ नलगाउनुहोला ; सबै अंग्रेजी शिक्षक महोदय , म अंग्रेजी शिक्षा को विरुद्धमा छैन | म खुसि छु , हामी संग एउटा विश्व- भाषा छ | अहिले त्यो हामीलाई सारै नै आवश्यक छ | तर म त्यसलाई एक बाधकको रूपमा प्रयोगको बिरुद्धमा छु | के हामी ६०० भाषामा सिमित हुन चाहन्छौं अंग्रेजी अथवा चीनिया भाषालाई मुख्य बनाएर ? हामीलाई त्यो भन्दा धेरै चाहिन्छ | हामीले सिमा कहाँ कोर्ने त ? अहिलेको यो प्रणालीले बौद्धिकतालाई अंग्रेजीको ज्ञान संग समान मान्छ जुन स्वेच्छाचारी हो | ( ताली ) तपाईहरुलाई म एउटा कुरा सम्झाउन चाहान्छु त्यो महान काँध जसमा आजको बौद्धिकता अडेको छ , त्यसले अंग्रेजी जान्नु परेको थिएन , उनीहरुले अंग्रेजीको परीक्षा उत्तीर्ण गर्नु परेको थिएन | उदाहरण को रूपमा आइन्स्टाइनलाई लिनुस् | उनलाई विद्यालयमा उपचाररत मानिन्थ्यो किनकि उनि , वास्तवमा भन्ने हो भने , सुस्तमनस्थिति का बिरामी थिए | तर विश्वको भाग्यवश , उनले अंग्रेजी परीक्षा उत्तीर्ण गर्नु परेको थिएन | किनकि १९६४ सम्म उनीहरुले टोफेल , अमेरिकन अंग्रेजीको परीक्षा , को सुरुवात गरेका थिएनन् | अहिले त्यो व्यापक छ | आजकल अंग्रेजीका कयौं परिक्षाहरु छन् | र प्रत्येक बर्ष लाखौ बिद्यार्थीहरुले त्यो परीक्षा दिन्छन् | अब तपाई सोच्नुहोला , तपाईहरु र म ती शुल्कहरु त्यति नराम्रो छैन , ठिकै छन् , तर तिनीहरु बाधक छन् लाखौ गरिब मानिसहरुको लागि | हामी तुरुन्तै उनीहरुलाई निषेध गरिरहेका छौ | ( ताली ) यसले मलाई भर्खरै को एउटा समाचार शिर्षक लाई सम्झाउँछ : " शिक्षा : एक ठुलो विभाजन " अब बल्ल म बुझ्दै छु , अब बल्ल बुझ्दैछु कि किन मानिसहरु अंग्रेजीमा केन्द्रित छन् | उनीहरू आफ्ना नानीहरुलाई जीवनको उत्कृष्ट अवसर दिन चाहन्छन | अनि त्यो सब गर्नको लागि उनीहरूलाई पश्चिमी शिक्षा चाहिन्छ | किनकि , अवस्य पनि , राम्रा अवसरहरु पश्चिमी विश्वविद्यालय बाट शिक्षितलाई जान्छ , जुन मैले पहिला भने | यो एक चक्रीय कुरा हो | ल त अब मलाई दुई बैज्ञानिकहरुको कथा भन्नदिनुस , दुई अंग्रेज बैज्ञानिक | उनीहरू एउटा प्रयोग गरिरहेका थिए जैविकीय प्रयोग जनावरहरुका अगाडि र पछाडि का पाउहरुको | तिनीहरुले आफुले चाहे जस्तो निचोड पाउन सकेनन | उनीहरुलाई के गर्ने भन्ने नै थाहा भएन , अनि एक जना जर्मन बैज्ञानिक आइपुगे जसले उनीहरुले आगाडि र पछाडि का पाउहरूको लागि दुई अलग अलग शब्दहरु प्रयोग गरिरहेका छन् जबकि जैविकताले त्यो कुरामा भेद गर्दैन न त जर्मन भाषा ले | ओह हो , समस्या त समाधान भयो | यदि तपाई एउटा सोच ल्याउन सक्नुहुन्न भने , तपाई अड्किनु भयो | तर यदि अर्को भाषाले त्यो सोच ल्याउन सक्छ भने , सहकार्य द्वारा हामीले धेरै कुरा प्राप्त गर्न र जान्न सक्छौं | मेरी छोरी , कुबेत बाट इंग्ल्यान्ड आइन् | उनले बिज्ञान र गणित अरेबिक भाषामा सिकेकी थिईन | त्यो अरेबिक माध्यम बिद्यालय थियो | उनले त्यसलाई आफ्नो प्राथमिक बिद्यालयमा अनुबाद गर्नुपर्थ्यो | र उनि आफ्नो कक्षामा सबसे तेज थिईन सबै बिषयहरुमा | यसले हामीलाई के बुझाउछ भने जब विदेश बाट बिद्यार्थीहरु हामी कहाँ आउछन् , हामीले उनीहरूलाई उनीहरुको ज्ञानको लागि उचित मान्यता नदिएको हुनसक्छ र उनीहरुलाई त्यो कुराको आफ्नो भाषामा राम्रो ज्ञान हुन सक्छ | जब एउटा भाषा लोप हुन्छ , त्यो भाषा संग हामी के गुमाउदै छौ भन्ने ज्ञान हुदैन | जस्तै -- तपाईहरुले भर्खरै सी . एन . एन . मा हेर्नुभयो कि हेर्नुभएन -- उनीहरूले केन्या को एउटा गोठालोलाई
(trg)="73"> 我 聽 到 你 哋 話
(trg)="74"> 「 咁 研 究 呢 ? 佢 哋 全 部 都 用 英 文 。 」
(trg)="75"> 書 藉 用 英 文 寫