# ne/7opHWpu2fYcG.xml.gz
# tl/7opHWpu2fYcG.xml.gz


(src)="1"> अहिले , यदि राष्ट्रपति ओबामाले मलाई गणितको अर्को बडा हाकिम बन्न बोलाए भने मलाई लाग्छ ऊनलाई मेरो एउटा सुझाव हुनेछ कि यो देशको गणित शिक्षालाई व्यापक सुधार गर्नुपर्छ । र यो लागू गर्न सजिलो अनि कम खर्चिलो हुनेछ । हाम्रो गणित पाठ्यक्रम अङ्क र बीजगणितको जगमा आधारित छ । र हामीले त्यसपछि हामीले सिक्ने सबैकुरा एउटा बिषयतिर अघि बढ्छ । अनि त्यो पिरामीडको टुप्पोमा क्याल्कुलस हुन्छ । र मैले यहाँ भन्न चाहन्छु कि मेरो बिचारमा त्यो पिरामीडको गलत टुप्पो हो ... सही टुप्पो -- हाम्रा सबै विद्यार्थीहरूले , सबै उच्च माध्यमिक पास गर्नेले जान्नु पर्ने कुरो -- त तथ्याङ्क पो हुनुपर्छ । सम्भाव्यता र तथ्याङ्क । ( ताली ) मेरो मतलव , मलाई गलत नसोच्नुस । तथ्याङ्क एउटा महत्वपूर्ण विषय हो । यो मानव मस्तिष्कको एउटा महान उपज हो । प्रकृतिका नियमहरू क्याल्कुलसको भाषामा लेखिएका छन । र प्रत्येक विद्यार्थी जसले गणित , विज्ञान , अभियान्त्रिकी , अर्थशाष्त्र पढ्छन उनीहरूले कलेजको पहिलो वर्षको अन्त्यसम्म क्याल्कुलस अबश्य सिक्नु पर्छ । तर मैले यहाँ यो भन्न चाहन्छु , गणितको प्रध्यापकका नाताले , कि वास्तवमा धेरै थोरै व्यक्तिहरू ऊनीहरूको दैनिक जीवनमा सचेत , अर्थपुर्ण रुपमा क्याल्कुलसको प्रयोग गर्छन । अर्कोतिर , तथ्याङ्क -- त्यस्तो विषय हो जुन तपाईँले दैनिक रुपमा प्रयोग गर्न सक्नुहुन्छ , र गर्नुहुन्छ । हैन त ? यो जोखिम हो । यो प्रतिफल हो । यो क्रमरहित हो । यो तथ्य बुझ्नु हो । मलाई लाग्छ यदि हाम्रा विद्यार्थीहरूले , यदि हाम्रा उच्च माध्यमिक विद्यार्थीहरूले -- यदि सबै अमेरिकी नागरिकहरूले -- सम्भाव्यता र तथ्याङ्कको बारेमा जानेका भए , हामी अहिले भईराखेको अर्थतन्त्रको अस्तव्यस्ततामा हुन्नथ्यौँ । त्यति मात्र -- धन्यवाद -- त्यति मात्र हैन -- [ तर ] यदि यो राम्ररी पढाईयो भने , यो धेरै नै रमाईलो हुन सक्छ । मेरो मतलव , सम्भाव्यता र तथ्याङ्क , यो खेलहरू र जुवाको गणित हो । यो झुकावहरूको विश्लेषण हो । यो भविश्यको अनुमान हो । हेर्नुस , विश्व एनालगबाट डिजिटलमा परिवर्तन भएको छ । र यो समय हाम्रो गणित पाठ्यक्रम एनालगबाट डिजिटलमा परिवर्तन गर्ने समय हो । अझ प्राचीन , अविरल गणितबाट आधुनिक , डिस्कृट गणिततर्फ । अनिश्चितताको गणित , क्रमविहीनताको , तथ्यको -- गणित , सम्भाव्यता र तथ्याङ्क हो । छोटकरीमा , हाम्रा विद्यार्थीहरू क्याल्कुलसका हिसाब गर्ने तरिकाहरु सिक्नुको सट्टा , मध्यमा बाट दुई स्ट्याण्डर्ड डेभिएसनहरू भनेको के हो भन्ने कुरा यदि सबैले जानेको भए एकदमै सार्थक हुन्थ्यो । र यो मेरो आशय हो । धेरै धेरै धन्यवाद । ( ताली )
(trg)="1"> Ngayon , kung inimbita ako ni Pangulong Obama na maging Emperador ng Matematika , meron akong payo para sa kanya na sa tingin ko na magpapahusay nang husto sa edukasyon ng matematika sa bansang ito .
(trg)="2"> At madali lang ito iisagawa at mura pa .
(trg)="3"> Ang kurikulum ng matematika natin ngayon ay may batayan sa arithmetic at algebra .

# ne/DikMSccdSckw.xml.gz
# tl/DikMSccdSckw.xml.gz


(src)="1"> हामी सुन्ने क्षमता गुमाउदैँ छौँ । हामी अन्दाजी ६० प्रतिशत समय सुनेर गर्ने सन्चारमा खर्च गर्छौँ । तर हामी यसमा त्यति पोख्त चाँहि छैनौँ । हामीले सुनेको २५ प्रतिशत मात्र लिन्छौँ । अहिले तपाईँहरु , यो प्रवचनलाई भनेको होइन है , तर साधारणतया यस्तै हुन्छ । ल हामी सुनाईलाई परिभाषित गरौँ ध्वनिको अर्थ बुझ्ने कामको रुपमा । यो एउटा दिमागी प्रक्रिया हो , र यो एउटा निचोडात्मक प्रक्रिया हो । यसको लागि हामीले केही चाखलाग्दा तरिकाहरु प्रयोग गर्छौँ । यी मध्ये एउटा ढाँचा पहिचान हो , ( भीडको हल्ला ) यस्तो ककटेल पार्टीमा , यदि मैले , " डेभिड , सारा , यता सुन त , " भन्दा केहि चुपचाप बस्नुहुन्छ । हामीले ढाँचालाई चिनेर हल्लाबाट चाहिएको सङ्केतलाई छुट्टयाउँछौँ , विशेषगरि आफ्नो नाम । फरक छुट्टयाउने अर्को तरिका हो । मैले यो ध्वनि केही मिनेटसम्म बजाइरहे भनेँ , तपाईँहरुले सुन्ने चेष्टा गर्नुहुन्न । हामी फरकलाई सुन्छौँ , अनि नफेरिने ध्वनिलाई छोड्दिन्छौँ । अनि धेरै प्रकारका फिल्टरहरु अाउँछन । यस्ता फिल्टरहरुले हामीलाई ठ्याक्कै त्यहाँ पुर्याउछन जुन कुरा हामी सुन्न खोजिरहेका हुन्छौँ । धेरै जनालाई यस्ता फिल्टरबारे थाहा नै हुदैँन । तर खासमा तिनीहरुले नै वास्तविकता देखाउँछन , किनभने यस्ता फिल्टरहरुले नै हामी कुन कुरामा ध्यान दिदैँ छौँ भन्ने बताउँछन् । म एउटा उदाहरण दिन्छु : सुन्नको लागि नियत पनि महत्वपुर्ण कुरा हो । जब मैले बिहे गरेँ , मैले वाचा गरेको थिएँ उनका कुरा सधैँ सुन्नेछु जिन्दगीमा पहिलो पटक । र अहिले म सधैँ यो कुरा पुरा गर्न सकेको छैन । ( हाँसो ) तर यस्तो अभिप्राय राख्नु सम्बन्धमा राम्रो हुन्छ । तर यो पनि सबै होइन । ध्वनिले नै हामीलाई स्पेस( स्थान ) र समयमा स्थापित गराउँछ । यदि तपाईले अहिले यो कोठामा आँखा बन्द गर्नुभयो भने पनि तपाईँले यो कोठाको साइज अनुमान लगाउन सक्नुहुन्छ प्रतिध्वनिबाट र भित्ताहरुबाट फर्केको आवाज सुनेर । र यहाँ कति मान्छे छन भन्ने पनि अनुमान लगाउन सकिन्छ किनभन्दा सानासाना आवाजहरु तपाईँहरु सुनिरहनुभएको छ । अनि ध्वनिले हामीलाई समयमा राख्छ , किनभन्दा ध्वनिमा सधैँ समय पनि समाहित हुन्छ । खासमा , म के भन्न रुचाउँछु भने सुनाई नै प्रमुख कुरा हो जसबाट हामी समयलाई अनुभव गर्छौँ विगतदेखि भविष्यसम्म । त्यसैले " ध्वन्यात्मकता नै समय र अर्थ हो( Sonority is time and meaningJean- Luc Nancy ) " -- एउटा राम्रो उद्गार । मैले सुरुमा नै भनेको थिएँ , हामीहरु सुन्ने क्षमता गुमाउँदै छौँ । मैले किन त्यस्तो भनेँ त ? त्यसको पछाडि धेरै कारणहरु छन् । पहिलो , हामीले रेकर्डिङ प्रविधि पत्ता लगायौँ -- पहिले लेखाई , त्यसपछि ध्वनि रेकर्डिङ अनि अहिले भिडियो रेकर्डिङ । जुन ध्यान र शुध्द सुन्ने प्रयास गरिन्थ्यो त्यो सजिलो हराएर गयो । दोस्रो , संसार धेरै कोलाहलमय छ , ( हल्ला ) यस्ता कर्कश हल्लाहरु भइरहेछन , श्रव्य र दृश्य दुवैमा , अनि सुन्न गार्हो हुदै छ , अनि सुन्दैमा थाकिने भइसक्यो । धेरै मानिसहरुले हेडफोन प्रयोग गर्छन , तर त्यसले पनि ठुला , सार्वजनिक स्थल , जस्तै यहाँ , यी साझा ध्वनिहरु , लाखौँ , साना , मसिना व्यक्तिगत ध्वनिवृत्तमा परिवर्तन हुन्छन् । यस्तो परिदृश्यमा , कसैले कसैलाई सुनेको हुदैँन । हामीहरु अधैर्य बन्दै छौँ । हामीलाई वक्तृत्व मन पर्दैन , चाखलाग्दो बयान मन पर्छ । साथै कुराकानीको कला प्रतिस्थापित हुदैँ छ -- खतरनाक रुपमा , मेरो विचारमा -- व्यक्त्तिगत सन्चारले । म भन्न सक्दिन यो प्रवचनमा कतिको सुनिएको छ , दुखद कुरा यो सर्वत्र छ , खासगरि संयुक्त अधिराज्यमा । हामीहरु कम संवेदनशील हुदैँ छौँ । हाम्रा मिडियाहरु कराउनै पर्छ हेडलाइनहरु तिर हाम्रो ध्यान तान्न । र यसले के बताउँछ भने हाम्रो ध्यान पुग्दैन साना , मसिना , अनि कम चर्चा गरिएकामा । यो गम्भिर समस्या हो कि हामी सुन्ने क्षमता गुमाउदैँ ‍छौँ । यो साधारण हुदैँ होइन । किनभने सुनाई हाम्रो बुझाईको ढोका हो । सचेत सुनाईले सधैँ बुझाईलाई सघाउँछ । र सचेत सुनाई बिना यस्ता कुरा हुन सक्छन -- एउटा यस्तो संसार जहाँ एउटाले अर्कोलाई सुन्दैन , पक्कै पनि डरलाग्दो ठाउँ हुनेछ । त्यसैले म के कुरा बाँड्न चाहन्छु भने पाँच साधारण अभ्यासहरु , साधनहरु जुन तपाईँ सगैँ लिएर जहाँ पनि पुग्न सक्नुहुन्छ , आफ्नो सचेत सुनाईलाई सुधार्न । के तपाईँहरु यो चाहनुहुन्छ ?
(trg)="1"> Nawawala ang ating pakikinig .
(trg)="2"> Higit kumulang 60 porsyento ng ating oras sa pakikipag- usap ay nagagamit sa pakikinig , ngunit hindi natin ito pinagbubutihan .
(trg)="3"> 25 porsyento lang ng ating naririnig ang ating natatandaan .

(src)="2"> ( श्रोताहरु : हजुर ) राम्रो । पहिलो हो शान्ति । दिनमा तीन मिनेट ( शान्तिमा) मौन बस्नु एउटा राम्रो अभ्यास हो जसले तपाईँका कानलाई जाँचेर पहिलेकै अवस्थामा पुर्याउँछ अनि तपाईँले पहिले जस्तै सुन्न सक्नुहुन्छ । यदि पुर्ण शान्ति मिल्दैन भने चुपचाप भए पनि हुन्छ । दोस्रो , म यसलाई मिक्सर भन्छु । ( हल्ला ) यदि यस्तो कोलाहलमय वातावरणमा तपाईँ पर्नुभयो भने -- र हामी सबैजसोले धेरैजसो समय यस्तै हल्लामा बस्छौँ -- कफि बार सुनौँ कति च्यानलहरु मैले सुन्न सक्छु त ? ती मध्ये कति च्यानललाई मैले खासमा सुनिरहेको हुन्छु ? तपाईँले यो सुन्दर ठाउँमा पनि गर्न सक्नुहुन्छ , जस्तै तालको छेउछाउमा । कति चराको आवाज म सुन्न सक्छु ? तिनीहरु कहाँ छन ? अनि त्यो छाल नि ? यो एउटा राम्रो अभ्यास हो सुन्ने क्षमताको गुणस्तर बढाउनको लागि । तेस्रो , यो अभ्यासलाई म रमाउनु भन्छु , र यो एउटा सुन्दर अभ्यास हो । यो साधारण आवाजहरुमा नै रमाउनुसित सम्बन्धित छ । ल , उदाहरणको लागि , मेरो सुकाउने मेसिनलाई लिउँ । ( ड्रायरको आवाज ) यो वाल्ट्ज सङ्गीत हो । एक , दुइ , तीन। एक , दुइ , तीन। एक , दुइ , तीन । मलाई यो मन पर्छ । अथवा यो पो विचार गर्ने कि ?
(trg)="54"> ( Audience :
(trg)="55"> Oo ) Mabuti .
(trg)="56"> Ang una ay katahimikan .

(src)="3"> ( कफि पिस्ने ) आहा ! यस्ता साधारण ध्वनिहरु पनि रोचक हुन्छन ध्यान दिने हो भने । म यसलाई अदृश्य वाद्य भन्छु । यस्ता ध्वनि सधैँ हाम्रो वरिपरि भेटिन्छन । अर्को अभ्यास जुन सबैभन्दा महत्वपुर्ण हुन पनि सक्छ , जब तपाईँले एउटा कुरा छोड्नुहुन्छ । त्यो सुन्ने अवस्था वा आसन हो -- मुल कुरा के भने तपाईँले आफ्नो सुन्ने आसन वा अवस्था परिवर्तन गर्ने जबसम्म उचित सुन्ने अवस्थामा पुगिदैँन । यो पनि ती फिल्टरहरुसँग नै खेल्ने हो । तपाईँलाई याद छ नि , मैले सुरुमा तपाईहरुलाई फिल्टर दिएको थिएँ । अब यसको खेल सुरु भयो तिनिहरुलाई लिभर जस्तो गरेर तिनीहरुबारे सचेत हुने र फरकफरक ठाउँमा सारेर हेर्ने । यी केही सुन्ने अवस्था वा आसनहरु हुन , जुन तपाईँहरु प्रयोग गर्न सक्नुहुन्छ । यस्ता धेरै छन । यसमा रमाउनुस । यो रोचक पनि छ । अनि अन्तिममा एउटा संक्षेप है । तपाईँले यसलाई सुनाईमा वा सन्चारमा प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाईँ यस्तो रोलमा हुनुहुन्छ भने -- र मलाई लाग्छ सबैजसो जो यो प्रवचन सुन्दै हुनहुन्छ -- यो संक्षेप हो ´रस ' । ( RASA ) जुन एउटा संस्कृत शब्द हो रस वा सारको लागि । अब ´रस´ को पुरा रुप हुन्छ पाउनु ( Receive ) अर्थात स्रोत तिर ध्यान दिएर केहि पाउनु , सराहना गर्नु ( Appreciate ) , सानो आवाज निकाल्नु जस्तै अँ , ओहो , ठिक छ , सारांश निकाल्नु ( Summarize ) , " त्यसैले " भन्ने शब्द सन्चारमा धेरै महत्वपुर्ण छ , अनि सोध्नु( Ask ) , पछि प्रश्न सोध्ने । अहिले आवाज नै मेरो लागि उत्साह हो , यो नै मेरो जिवन हो । मैले यसकै बारेमा किताब लेखिसकेँ । त्यसैले म सुन्नकै लागि बाँच्छु । यो अति नै धेरै हुन सक्छ कति मानिसहरुको लागि । तर म के मा विश्वास गर्छु भने मान्छेले सचेत भएर सुन्नुपर्छ पुरा जिवन जिउनलाई‍ -- स्थान ( space ) र समयमा जोडिन हाम्रो वरपरको भौतिक संसारसँग , एक अर्काको बुझाइलाई जोड्न , आध्यात्मिक संयोजनको कुरै नगरौँ , किनकि मैले थाहा पाएको आध्यात्मिक मार्गमा सुनाइ र यसको मनन नै केन्द्रमा रहेको छ । त्यसैले हाम्रा स्कुलहरुमा सुन्न सिकाइनु पर्छ एउटा सीपको रुपमा । यो किन गरिदैनँ ? अनौठो छ । यदि हामीले सुनाइलाई स्कुलमा सिकाइयो भने , हाम्रो सुनाइलाई भिरालो धरापबाट खतरनाक संसारमा ल्याउन सक्छौँ जसको बारेमा मैले कुरा गरेँ र त्यहाँ लैजान सक्छौँ जहाँ सबै सचेत भएर सुनिरहेका हुनेछन -- अथवा कम्तिमा यसको लागि तयार हुनेछन । अहिले त्यो कसरी होला भन्न सकिदैँन , तर यो TED हो , र मलाई लाग्छ TED समुदाय जे गर्न पनि सक्षम छ । त्यसैले म तपाईँलाई मसँग सम्पर्क गर्न निम्त्याउँछु , र सबैसँग सम्पर्कमा रहनको लागि , यो कार्यलाई सबैतिर पुर्याउनुहोस अनि स्कुलमा पनि सुनाइ सिकाइयोस , जसले संसारलाई यस्तो पुस्तामा रुपान्तरण गरोस जुन सचेत सुनाइ सहितको हुनेछ -- संचार सम्पर्कको संसार , बुझाइको अनि शान्तिको संसार । मलाई आज सुनिदिनु भएकोमा धन्यवाद । ( ताली )
(trg)="76"> ( Coffee grinder )
(trg)="77"> Wow !
(trg)="78"> Nakakaaliw ang mga pangkaraniwan , kung papansinin niyo lang .