# ne/DUG16ULTBs7a.xml.gz
# tg/DUG16ULTBs7a.xml.gz


(src)="1"> नमस्कार ! म यहाँ प्रशंसा , श्रद्धा र धन्यवादको महत्व बारे यहाँहरु संग केहि कुरा गर्न आएको छु र त्यसलाई निर्दिष्ट र यथार्थ पार्ने कोसिश का साथ | र मलाई यसमा रुची यसरी आयो , म हुर्कदै गर्दा र केहि बर्ष अघि सम्म पनि मैले आफुमै केहि कुरा महसुस गरे कि म भित्र कसैलाई धन्यवाद भन्ने इच्छा छ मलाई उनीहरुको प्रशंसा गर्ने इच्छा छ , मलाई उनीहरू ले मैले गरेको प्रशंसा ग्रहण गरुन भन्ने इच्छा छ तर म यसै रोकिए | अनि मैले आफैले सोधे , किन त ? मलाई शर्म भयो , धक महसुस भयो | अनि एउटा प्रश्न उब्जियो , के म मात्र हुँ त यस्तो गर्ने ? अनि मैले यसको छिनोफानो गर्ने निर्णय गरेँ | म भाग्यमानी यस अर्थमा छु कि मैले पुनर्स्थापना केन्द्रमा काम गर्न पाए , मैले दुर्व्यसन का कारणले जीवन र मृत्यु को सामना गरिरहेका व्यक्तिहरु संग भेट्ने मौका पाएँ | कहिलेकाहीं त्यो सबको कारण एउटा अत्यन्त साधारण कुरा सम्म आइपुग्छ , उनीहरू को भित्रि पिडा उनीहरू का पिता एक पटक पनि उनीहरुको गर्ब नगरी स्वर्गवास भए | अनि उनीहरू आफ्ना परिवार , आफन्त र साथीभाईहरु बाट सुन्छन् कि उनका पिताले सबैलाई उनी आफ्नो छोरा प्रति गर्ब गर्ने कुरा सबैलाई भनेका थिए , तर आफ्नो छोरालाई कहिले भनेनन् | त्यो किन भने उनलाई त्यो कुरा आफ्नो छोराले सुन्न पर्छ भन्ने थाहा नै थिएन | त्यसैले मेरो प्रश्न , हामी आफुलाई चाहिने कुरा किन माग्दैनौं त ? म एक जना पच्चीस बर्ष देखि विवाहित महासय लाई चिन्छु जो आफ्नी पत्नी बाट सुन्न चाहन्छन कि
(trg)="1"> Салом , ман ин чо барои онам , ки бо шумо дар бораи мухимияти таъриф , мафтуни ва миннатдори , ва инчунин онхо чудогона ва самими бошанд сухбат кунам .
(trg)="2"> Ман дар ин бора вакте фикр кардам , ки ман аз пушти худам дидам , ки дар кудакиям ва то чанде пеш , вакте , ки ман ба касе ташаккур гуфтан мехостам , таъриф кардан мехостам , мехостам , ки маро таъриф кунанд , ман барои чизе меистодам .
(trg)="3"> Ва ман худамро пурсидам , барои чи ?

(src)="2"> " तपाईलाई धन्यवाद आयआर्जन गरिदिएकोले ताकि म यी बालबच्चाको साथ मा घर बस्न सकें " तर कहिले पनि माग्दैनन | म एक जना महिलालाई चिन्छु हो यो काममा निपुण छिन | उनि , हप्ता मा एक पटक आफ्ना श्रीमान् लै भन्छिन् ,
(trg)="13"> " Ташаккур ба ту , ки оиларо таъмин мекуни ва ман метавонам дар хона шинам ва кудаконро нигохубин кунам " , — вале вай инро талаб намекунад .
(trg)="14"> Ва ман занеро медонам , ки дар ин кор муваффак шудааст .
(trg)="15"> Вай як бор дар хафта бо шавхараш вомехурад ва мегуяд :

(src)="3"> " मैले यो घर र बालबच्चाहरु को लागि जे जे गरे त्यसको लागि तपाईले मलाई धन्यवाद दिनुहोस् भन्ने चाहान्छु " अनि उनि भन्छन , " ओहो , यो अति सुन्दर हो , अति सुन्दर हो " र प्रसंशा साँच्चिकै निष्कपट हुनुपर्छ , तर पनि उनि त्यो जिम्मेवारी लिन्छिन् | अनि मेरो एक जना साथी , अप्रिल , जो म संग शिशु कक्षा देखि छिन् , उनि आफ्ना नानीहरु लाई आफ्नो काम गर्दा पनि धन्यवाद दिन्छिन् | अनि उनले भनिन् , " म किन धन्यवाद नदिउँ , त्यो उनीहरू ले गर्नै पर्ने भएता पनि ? अब प्रश्न यो आउछ कि , म किन त्यो कुरा लाई रोकिरहेको थिए त ? अन्य व्यक्तिहरुले किन रोकिरहेका छन् त ? म किन " मलाई ठिक्क पाकेको सेकुवा मन पर्छ , मलाई छ नंबर को जुत्ता चाहिन्छ , " भन्छु , तर
(trg)="16"> " Ман мехостам , ки ту ба ман миннатдори баён куни , барои хамаи корхое , ки ман барои хона ва кудакон мекунам . "
(trg)="17"> Ва вай мегуяд :
(trg)="18"> " О ин чи хел бонафъ аст , бо нафъ аст . "

(src)="4"> " के तपाई मलाई यसरी प्रसंशा गर्नुहुन्छ ? " र त्यो किन कि म तपाईलाई मेरो बारे सम्वेदनशील तथ्य दिईरहेको छु | म तपाईलाई म कहाँ असुरक्षित छु भनिरहेको छु | म तपाईलाई मलाई तपाईको सहयोग कहाँ चाहिन्छ भनिरहेको छु | र पनि म तपाई , मेरो निकटस्थ , लाई शत्रु जस्तो व्यवहार गरिरहेको छु | किनकि तपाईले त्यो तथ्य लाई के गर्नुहुन्छ भनेर ? तपाईले मलाई वेवास्था गर्न सक्नुहुन्छ | तपाईले त्यसलाई दुरुपयोग गर्नसक्नु हुन्छ अथवा तपाईले साच्चिकै मेरो आवश्यकता पुरा गर्न सक्नुहुन्छ | अब मैले मेरो बाईक लाई बाईक पसल मा लगें - यो प्रसङ्ग मलाई मन पर्छ -- त्यहि बाईक , र उनीहरुले चक्कालाई सन्तुलित बनाउछन | त्यो गर्ने मान्छे ले भन्यो , " तपाईलाई थाहा छ , जब तपाई चक्का लाई सन्तुलित पार्नु हुन्छ , त्यसले त्यो बाईक लाई धेरै राम्रो बनाउछ | " म त्यहि बाईक फिर्ता पाउछु , र उनीहरुले त्यहि चक्काको सबै स- साना असन्तुलन हटाउछन् त्यो म संग साढे- दुई बर्ष सम्म थियो , र अब एकाएक मेरो बाईक नयाँ जस्तै भयो | त्यसैले म तपाईहरु लाई चुनौती दिनचाहान्छु | म तपाईहरु आफ्नो चक्का सन्तुलित बनाउनुहोस भन्ने चाहान्छु : आफुले सुन्न चाहेको प्रसंशा बारे इमान्दार हुनुहोस | तपाई के सुन्न चाहनुहुन्छ ? घरमा आफ्नी श्रीमती संग जानुस र उनलाई सोध्नुस , उनि के चाहिन्छिन ? घरमा आफ्ना श्रीमान संग जानुस -- उनि के चाहन्छन ? घर जानुस र यी प्रश्नहरु सोच्नुस र त्यसपछि आफु वरिपरी का अन्य लाई सहयोग गर्नुस् | र त्यो एकदमै साधारण छ | हामीले यसको वास्ता नै किन गर्ने र ? हामी विश्व शान्ति को कुरा गर्छौ | विभिन्न संस्कृति , विभिन्न भाषाहरु बाट हामी कसरी विश्व शान्ति प्राप्त गर्न सक्छौ ? मलाई लाग्छ यो सब घर घर बाट सुरु हुन्छ , एउटै छाना मुनि | त्यसैले हामी यसलाई आफ्नै आँगन बाट सुरु गरौं | म यहाँ दर्शकदीर्घा सबै लाई धन्यवाद दिन चाहान्छु एक महान पति , महान आमा , साथीभाई , छोरीहरु अनि छोराहरु भईदिनु भएको मा | तपाईहरुलाई कहिल्यै कसैले त्यसो भनेको छैन होला , तर तपाईहरुले साँच्चिकै राम्रो काम गर्नुभएको छ | र यहाँ उपस्थित भईदिनु भएको मा धेरै धन्यवाद , यहाँ आइदिएर र आफ्ना विचारहरु द्वारा संसार मा परिवर्तन ल्याउनुभएको मा | धन्यवाद | ( ताली )
(trg)="27"> " Метавонед маро барои ин таъриф кунед ? "
(trg)="28"> Ин барои он аст , ки бо чунин усул ман ба шумо ахборотро нисбати худам медихам .
(trg)="29"> Ман ба шумо чои сустии худро мегуям .

# ne/EklTnRJcdmBU.xml.gz
# tg/EklTnRJcdmBU.xml.gz


(src)="1"> एउटा ठूलो विस्फोटनको कल्पना गर्नुहोस जब तपाई ३००० फिट उचाईंमा हुनुहुन्छ | एउटा धुवाँको मुस्लोले ढाकिएको हवाइजहाजको कल्पना गर्नुस | एउटा इन्जिनको कल्पना गर्नुहोस् जुन कराउँदैछ - क्लाक , क्लाक , क्लाक क्लाक , क्लाक , क्लाक , क्लाक यो एकदम डरलाग्दो हुन्छ । म एउटा गजबको सिटमा थिएँ । म १घ ( 1D ) मा बसेको थिएँ । म नै एउटै मानिस थिएँ जो जहाजको परिचारिकासँग कुरा गर्न सक्थ्यो । मैले उत्तिनै खेर उनीहरूलाई हेरे । र उनीहरूले भने , " कुनै समस्या होइन । हामीले कुनै चरासँग ठक्कर खाएको हुनुपर्छ । " चालकले जहाज घुमाइसकेका थिए , र हामी धेरै टाढा पनि थिएनौ । म्यानहटन देख्न सकिन्थ्यो । दुई मिनेट पछि , तीन वटा कुराहरु एकैसाथ भए । विमान चालकले जहाजलाई हड्सन नदी तिर सोझ्याए । त्यो नियमित बाटो थिएन । ( हाँसो ) उनले इन्जिनहरु बन्द गरे । अब कल्पना गर्नुहोस् कि तपाईं यस्तो जहाज भित्र हुनुहुन्छ जुन बाट आवाज आइ राखेको छैन । र उनले तीन वटा शब्द भन्छन - - मैले अहिलेसम्म सुनेका मध्य कठोर शब्दहरु र उनी भन्छन , " नराम्रो परिणामको लागि तयारी गर । " मैले जहाज- परिचारिकाहरूसँग अब कुरा गरिराख्नु परेन । ( हाँसो ) मैले उनको आँखा पढ्न सक्थे । त्यो भयानक थियो । जीवनको समाप्ति । अब मैले त्यो दिन सिकेका ३ वटा महत्वपूर्ण कुरा तपाईंहरूलाई सुनाउँदैछु । मैले सिके कि सबैकुरा निमेषभरमा परिवर्तन हुन सक्छन् । हामीसँग एउटा लामो सुची छ , हामी यी कुराहरु आफ्नो जीवनकालमा गर्न चाहन्छौं , मैले जीवनमा भेट्न चाहेका तर नभेटेका मानिसलाई सम्झे । ती सारा बिग्रेका कामहरु जसलाई म सच्याउन चाहन्थे , मैले लिन चाहेर पनि लिन नसकेका सबै अनुभवहरु । जब मैले यी सबैको बारेमा पछि सोचें , म यो निर्णयमा पुगे कि , " मैले गलत रक्सी जम्मा पारिरहेको छु । " किनकि जब रक्सी तयार छ र कोही त्यही छ - म रक्सी खोल्दै छु । अब म कुनै पनि कुरालाई थाँती राख्न चाहन्न । र त्यो आकस्मिकता , त्यो कारणले मेरो जीवनलाई साँच्चै नै परिवर्तन गरिदिएको छ । मैले त्यो दिन सिकेको दोस्रो कुरा -- र यो हामीले जर्ज वासिङ्टन पुललाई खाली गर्नु जस्तै हो , जुन त्यति ठुलो कुरा पनि होइन --- म प्रफुल्ल भए । मलाई साँच्चै नै एउटा पश्चाताप महसुस हुन्छ । मैले एउटा राम्रो जीन्दगी बाँचेको छु । मेरो आफ्नै मानवता तथा गल्तीहरूको सँगै मैले प्रयास गरेका हरेक चीजमा राम्रो हुन प्रयास गरेको छु । तर मेरो मानवतामा , म मेरो अहमलाई पनि स्वागत गर्छु । र मैले व्यर्थै खेर फालेको समय सोचेर पश्चाताप गरे जुन काम ती आवश्यक थिएन ती मानिससँग जुन महत्वपूर्ण थिए । र मैले सम्बन्धहरूको बारेमा सोचें मेरी पत्निसँगको , मेरा साथीसँगको , मानिसहरूसँगको । र त्यसपछि , जब मैले त्यस विषयलाई लिएर आफैलाई ऐनामा हेरे , मैले मेरो जीवनबाट नकरात्मक उर्जालाई उत्सर्जन गर्ने निर्णय गरे । यो सबै हिसाबबाट उपयुक्त त छैन , तर धेरै राम्रो चाही छ । मैले यो २ वर्षमा आफ्नी पत्निसँगै कहिल्यै झगडा गरेको छैन । बडो आनन्दको महसुस हुन्छ । म अबदेखि सही हुन चाहन्न , बस ! खुसी रहन चाहन्छु । मैले सिकेको तेस्रो कुरा - - यो तपाईंको दिमागी घडी जस्तै हो चलिरहन्छ , " १५ " , " १४ " , " १३ " तपाई पानी आइरहेको देख्नु हुन्छ । म भन्छु , " कृपया मलाई बगाएर लैजाउ " । म यसलाई २० टुक्रामा विभाजन गर्न चाहन्न तपाईहरूले त्यो वृत्तचित्रमा देखे जस्तो । जब हामी तल आउँदैछौं , मलाई रमाइलो अनुभव भयो । मर्नु डरलाग्दो छैन । यो त हामीले जीन्दगी भरि गरिरहेको तयारी जस्तै छ । तर यो धेरै दुःखदायी चाही थियो| म जान ( मर्न ) चाहन्न थिए , म मेरी पत्निलाई प्रेम गर्छु । अनि त्यो दुःख एउटा सोचमा परिणत भयो जुन कुरा , मैले एउटै मात्रै चाहना गरे| मैले चाहे की म मेरा छोराछोरीहरू बढेको देखुँ । त्यसको लगभग एक महिना पछि , म मेरी छोरीको ( कला ) प्रस्तुतिमा थिए । एक कक्षाकी छात्रा , त्यस्तो धेरै प्रतिभावान कलाकार त होइन ... ... तरपनि । ( हाँसो ) म कराउदैछु , रूदैछु , सानो बच्चा जस्तै र यी सबै कुरा गर्नु मलाई निकै सान्दर्भिक नै लाग्दै थियो त्यस क्षण मैले यो कुरा महसुस गरे कि ति दुई वटा आयामहरू लाइ जोडेर एउटै कुरा जुन मेरो जीवनमा महत्वपूर्ण छ -- त्यो भनेको एउटा राम्रो पिता हुनु हो । त्यो भन्दा पनि महत्वपूर्ण कुरा , महत्वपूर्ण कुरा , मेरो जीवनको एउटै मात्र उद्देश्य भनेको एउटा राम्रो पिता बन्नु हो । मलाई एउटा चामत्कारिक उपहार प्राप्त भएको छ त्यो दिन नमर्नु मलाई अर्को पनि उपहार प्राप्त भएको छ , जुन चाही भविष्य देख्न सक्ने हुनु हो अनि त्यहाँबाट फर्केर आउने तथा फरक जीवन जिउने हुन सक्नु हो । म तपाई आज उडिरहनु भएका साथीहरूलाई चुनौति दिन्छु , सम्झनुहोस कि तपाईहरूको जहाजमा पनि त्यहि कुरा भयो । तर कृपया नसम्झनुस् अनुमान गर्नुहोस , तपाईमा कस्तो परिवर्तन आउने थियो ? तपाईले के काम सम्पन्न गर्नुहुन्थ्यो , जुन तपाईंले थाती राख्नु भएको थियो किनकि तपाईंलाई लाग्छ तपाईं सधै यही रहिरहनु हुनेछ ? तपाईं कसरी सुधार गर्नुहुन्थ्यो आफ्नो सम्बन्धहरूलाई तथा सम्बन्धमा भएका खराब तत्वहरूलाई ? र सबै भन्दा ठूलो कुरा , तपाईं सकेसम्म उत्तम अभिभावक बनिरहनुभएको छ ? धन्यबाद ( ताली )
(trg)="1"> Таркиши сахтро дар баландии 1 км тасаввур кунед .
(trg)="2"> Хавопайморо дар дуд тасаввур кунед .
(trg)="3"> Тасаввур кунед , ки мухаррик садо баровард : клатс , клатс , клатс , клатс , клатс , клатс , клатс .