# lb/6jNie41L8yw5.xml.gz
# ne/6jNie41L8yw5.xml.gz
(src)="1"> Dir Dammen an dir Hären , kommt all erbäi .
(src)="2"> Ech géing iech gären eng Geschicht erzielen .
(src)="3"> Viru laanger Zäit an Däitschland am 19ten Jorhonnert , gouf et e Buch .
(trg)="1"> महिला तथा सज्जनबृंद , एकतृत भइदिनुहोला । तपाईंहरुलाई एऊटा कथा सुनाउन गइरहेको छु १९औं शताब्दिमा जर्मनीमा
(src)="4"> Deemools war d' Buch de Kinnek vum Geschichtenerzielen .
(src)="5"> Et war éierwierdeg .
(src)="6"> Et war allgéigewäerteg .
(trg)="2"> ' पुस्तक´ थियो । त्यस समयमा , पुस्तक कथा प्रस्तुतिको एउटै मात्र माध्यम थियो । पुस्तक सम्माननिय थियो । सर्वव्यापी थियो । तर अलि अल्छिलाग्दो थियो । किनकी यसको ४०० बर्षको इतिहासमा , कथाकारहरुले पुस्तकलाई कथा प्रस्तुतिको उपकरण बनाएनन् । तर एक कथाकार निस्किए , जसले इतिहास बदलिए । ( संगीत ) उनको नाम थियो लोथर । लोथर मेगनडोर्फर । लोथरले अठोट गरे अनि भने , " गेनग इस्त गेनग " । आफ्नो कलम समाए । कैंची समाए । यथास्थितीबादबाट मुक्त हुने निर्णय गरे इतिहासले जान्नेछ लोथर लाई को हुन उनि ? एक आविश्कारक , जसले बच्चाहरुका लागि पप- अप चित्रकथा बनाए ( संगीत ) यो खुशी र यो नयाँपनमा मानिसहरुले उत्शव मनाए ( उत्साह ) उनिहरु खुशी भए किनकि त्यो कथाले पुनर्जन्म पायो । र त्यो चलिरह्यो । लोथर मात्र पहिलो एक थिएनन् जस्ले कथा प्रस्तुतिको यो रुप प्रयोग गरेका थिए र लोथरनै अन्तिम पनि थिएनन् । शायद कथा प्रस्तोताहरुले अनुभव गरे या गरेनन् , उनिहरुले लोथरकै प्रयोगलाई निरन्तरता दिइरहेका थिए जब उनिहरु ओपेरा हुँदै नाटक , रेडियो समाचार हुँदै रेडियो नाटक , तस्बिर हुँदै चलचित्र रंगिन हुँदै थ्री- डी , क्यासेट हुँदै सिडी- डिभिडी सम्म आइपुगे । र यो सिलसिला रोकिन सक्ने पनि थिएन । र जब इन्टरनेट आयो , तब समय झन् रोमाञ्चक बन्यो । ( हाँसो ) किनकी अब मानिसलाई आफ्नो कथा प्रस्तुतिका लागी कयौँ माध्यमहरु बनिसकेका थिए । उदाहरणका लागी एक कम्पनिले आफ्नो प्रेम- कथा आफ्नै सर्च- इन्जिन बाट प्रकट गर्छ । एउटा ताइवानी स्टुडियोले अमेरिकन राजनितिलाई थ्रि- डिमा प्रस्तुत गर्छ । ( हाँसो ) अनि एक युवकले आफ्नो बुवाको कथा ट्विटर मार्फत राख्छ । र उसको बुवाको क्रियाकलापलाई प्रस्तुत गर्छ । त्यसपछि , सबै शान्त हुन्छन् ; एकपटक पछाडि फर्कन्छन । र थाहा पाउँछन् कि , ६ हजार वर्षको यो कथाको इतिहासमा , उनिहरु , ओडारहरुमा चित्र खोप्ने हुँदै शेक्सपियरलाई फेसबुकमा राख्न सम्म भ्याइसकेका थिए । र यो ठुलो उपलब्धि थियो । कथा प्रस्तुतिको यो कला सँधै उस्तै रह्यो । वास्तवमा कथाहरु दोहोरिरहेका थिए । तर मानिसहरुको कथा प्रस्तुत गर्ने तरिका भने शुद्ध र बौद्धिक थियो । र उनिहरुले सम्झिरहन्थे , त्यो एक जर्मनलाई जब हरेक पटक कथामा नयाँ प्रबिधि जन्मन्थ्यो । यसकारण , पाठक अनि दर्शकहरु प्यारा दर्शक- स्रोताहरु , सँधै खुशी रहन थाले । ( ताली )