# ky/kT4KDcXHcm18.xml.gz
# ne/kT4KDcXHcm18.xml.gz


(src)="1"> Физикадан башка мен бөтөн нерселерди да изилдеп жатам .
(src)="2"> Чындыгында , азыр аларга убакытымдын көпчүлүгүн кетирем .
(src)="3"> Алардын бири - бул адам тилдердин алыс мамилелери .
(trg)="1"> अँ , म भौतिकविज्ञान बाहेक अरु कुराहरूमा पनि संलग्न छु । वास्तवमा , अहिले चाहिँ धेरैजसो अरु कुराहरूमा । एउटा कुरा चाहिँ मानव भाषाहरूबिचको टाढाको सम्बन्ध । र अमेरिका र पश्चिमी यूरोपका व्यावसायिक , ऐतिहासिक भाषाविज्ञहरू प्राय : जसो कुनै पुरानो सम्बन्धबाट टाढै बस्न खोज्छन ; ठूला समूहहरू , त्यस्ता समूहहरू जो धेरै समय अगाडि जान्छन , परिचित परिवार भन्दा अगाडि । ऊनीहरू त्यो मन पराउँदैनन ; ऊनीहरू सोच्छन यो सनक हो । मलाई लाग्दैन कि यो सनक हो । र केहि प्रतिभाशाली भाषाविदहरू छन , धेरैजसो रसियनहरू , जो सान्टा- फे संस्थान र मस्कोमा यसमा काम गरिराखेका छन , र मलाई यसले कहाँ पुर्याउँछ भन्ने हेर्न मन छ । के यसले साँच्चै एउटा एक्लो पूर्वजसम्म पुर्याउँछ जुन २० -- २५००० वर्ष अघिको होस ? अनि यदि हामी त्यो एक्लो पूर्वजभन्दा अगाडि गयौँ भने , जतिबेला सायद धेरै भाषाहरूको बिचमा प्रतिस्पर्धा थियो ? त्यो कतिसम्म पुरानो होला त ? आधुनिक भाषा कतिसम्म पुराना होलान त ? यो कति दशौँ हजार वर्ष अगाडि पुग्छ त ? क्रिस एन्डर्सन : के तपाईँलाई यसको उत्तर के हो त भन्ने कुराको अन्दाज वा आशा छ त ? मुरे गेल- म्यान : हजुर , मेरो अनुमानमा आधुनिक भाषा गुफाका चित्रकला र गुफाका अभिलेख र गुफाका मुर्तिहरूभन्दा पुरानो हुनुपर्छ अनि पश्चिमी युरोपका गुफाभित्र लगभग ३५ हजार वर्ष वा अझ अघि पाषाण युगमा माटोमा कुँदिएका नृत्य कदमहरूभन्दा । ऊनीहरूले यी सब चिजहरू गरे अनि ऊनीहरूसँग आधुनिक भाषा पनि थिएन भन्ने मलाई विश्वास लाग्दैन त्यसैले मेरो अनुमानमा वास्तविक उत्पत्ति कम्तिमा त्यति अघिसम्म पुग्छ र अझ अघि हुन पनि सक्छ । तर त्यसको अर्थ त्यतिमात्रै होईन कि सबै अथवा धरैजसो , अझ प्राय : जसो आजका प्रामाणिक भाषाहरू सायद त्योभन्दा नयाँ भाषाबाट उत्पत्ति भएका त हैनन , जस्तो मानौँ २० हजार वर्ष वा यस्तै । यसलाई नै हामी सङ्कुचन भन्छौँ । क्रिस : अँ , फिलिप एन्डर्सन ठिक पनि हुनसक्छन । तपाईँलाई हरेक चिजको बारेमा अरू कसैलाई भन्दा बढी थाहा छ होला । यो एउटा सम्मानयोग्य कुरा हो । धन्यवाद मुरे गेल- म्यान । ( ताली )