# kk/7opHWpu2fYcG.xml.gz
# ne/7opHWpu2fYcG.xml.gz
(src)="1"> Егер президент Обама
(src)="2"> " Математика патшасы " болуға ұсыныс білдірсе , оған айтар бір кеңесім бар : осы елдегі математиканы оқытуды тұтастай өзгертер едім .
(src)="3"> Оны жүзеге асыру оңай және арзан болмақ .
(trg)="1"> अहिले , यदि राष्ट्रपति ओबामाले मलाई गणितको अर्को बडा हाकिम बन्न बोलाए भने मलाई लाग्छ ऊनलाई मेरो एउटा सुझाव हुनेछ कि यो देशको गणित शिक्षालाई व्यापक सुधार गर्नुपर्छ । र यो लागू गर्न सजिलो अनि कम खर्चिलो हुनेछ । हाम्रो गणित पाठ्यक्रम अङ्क र बीजगणितको जगमा आधारित छ । र हामीले त्यसपछि हामीले सिक्ने सबैकुरा एउटा बिषयतिर अघि बढ्छ । अनि त्यो पिरामीडको टुप्पोमा क्याल्कुलस हुन्छ । र मैले यहाँ भन्न चाहन्छु कि मेरो बिचारमा त्यो पिरामीडको गलत टुप्पो हो ... सही टुप्पो -- हाम्रा सबै विद्यार्थीहरूले , सबै उच्च माध्यमिक पास गर्नेले जान्नु पर्ने कुरो -- त तथ्याङ्क पो हुनुपर्छ । सम्भाव्यता र तथ्याङ्क । ( ताली ) मेरो मतलव , मलाई गलत नसोच्नुस । तथ्याङ्क एउटा महत्वपूर्ण विषय हो । यो मानव मस्तिष्कको एउटा महान उपज हो । प्रकृतिका नियमहरू क्याल्कुलसको भाषामा लेखिएका छन । र प्रत्येक विद्यार्थी जसले गणित , विज्ञान , अभियान्त्रिकी , अर्थशाष्त्र पढ्छन उनीहरूले कलेजको पहिलो वर्षको अन्त्यसम्म क्याल्कुलस अबश्य सिक्नु पर्छ । तर मैले यहाँ यो भन्न चाहन्छु , गणितको प्रध्यापकका नाताले , कि वास्तवमा धेरै थोरै व्यक्तिहरू ऊनीहरूको दैनिक जीवनमा सचेत , अर्थपुर्ण रुपमा क्याल्कुलसको प्रयोग गर्छन । अर्कोतिर , तथ्याङ्क -- त्यस्तो विषय हो जुन तपाईँले दैनिक रुपमा प्रयोग गर्न सक्नुहुन्छ , र गर्नुहुन्छ । हैन त ? यो जोखिम हो । यो प्रतिफल हो । यो क्रमरहित हो । यो तथ्य बुझ्नु हो । मलाई लाग्छ यदि हाम्रा विद्यार्थीहरूले , यदि हाम्रा उच्च माध्यमिक विद्यार्थीहरूले -- यदि सबै अमेरिकी नागरिकहरूले -- सम्भाव्यता र तथ्याङ्कको बारेमा जानेका भए , हामी अहिले भईराखेको अर्थतन्त्रको अस्तव्यस्ततामा हुन्नथ्यौँ । त्यति मात्र -- धन्यवाद -- त्यति मात्र हैन -- [ तर ] यदि यो राम्ररी पढाईयो भने , यो धेरै नै रमाईलो हुन सक्छ । मेरो मतलव , सम्भाव्यता र तथ्याङ्क , यो खेलहरू र जुवाको गणित हो । यो झुकावहरूको विश्लेषण हो । यो भविश्यको अनुमान हो । हेर्नुस , विश्व एनालगबाट डिजिटलमा परिवर्तन भएको छ । र यो समय हाम्रो गणित पाठ्यक्रम एनालगबाट डिजिटलमा परिवर्तन गर्ने समय हो । अझ प्राचीन , अविरल गणितबाट आधुनिक , डिस्कृट गणिततर्फ । अनिश्चितताको गणित , क्रमविहीनताको , तथ्यको -- गणित , सम्भाव्यता र तथ्याङ्क हो । छोटकरीमा , हाम्रा विद्यार्थीहरू क्याल्कुलसका हिसाब गर्ने तरिकाहरु सिक्नुको सट्टा , मध्यमा बाट दुई स्ट्याण्डर्ड डेभिएसनहरू भनेको के हो भन्ने कुरा यदि सबैले जानेको भए एकदमै सार्थक हुन्थ्यो । र यो मेरो आशय हो । धेरै धेरै धन्यवाद । ( ताली )
# kk/DNiNFsT0dVsQ.xml.gz
# ne/DNiNFsT0dVsQ.xml.gz
(src)="1"> Құстарша ұшу - адамзаттың арманы .
(src)="2"> Құстар өте епті .
(src)="3"> Олар айналмалы бөлшектер арқылы ұшпайды , тек қанаттарын қағу арқылы ғана ұшады .
(trg)="1"> चराजस्तै उड्नसक्नु मानवजातिको सपना हो / चराहरू एकदम फुर्तिला हुन्छन् । उनीहरू उड्छन् , तर कुनै घुम्ने उपकरणले होइन , केवल पँखेटा फड्फडाएर । त्यसकारण हामीले चरालाई हेर्यौँ , र त्यस्तो नमुना बनाउन खोज्यौँ जुन बलियो र अत्यधिक हलुका होस् अनि उत्कृष्ट वायुगतिय गुणहरू होस् र त्यो आफैँ उडोस् , केवल पँखेटा फड्फडाएर । त्यसकारण हेरिङ् गल नामक चरा , जुन स्वतन्त्र भएर , समुन्द्रको चक्कर लगाउँछ र शिकार गर्दा हल्का डुबुल्कि मारेर निस्कन्छ । यसलाई नमुनाको रुपमा प्रयोग गर्नुभन्दा अरु के उपयुक्त होला र ? त्यसैले हामीले एउटा समुह तयार गर्यौँ जसमा वायुगतिय क्षेत्रका सामान्य अनि विशेषज्ञ दुबै छन् , जो ग्लाइडरहरू बनाउने क्षेत्रमा काम गर्छन् । अनि उद्देश्य थियो एउटा अत्यधिक हलुका , उड्ने खालको नमुना तयार पार्नु जुन तपाईँहरूको टाउकोमाथिबाट उड्न सकोस् त्यसैले केहि समय पछि सतर्क रहनुहोला । यहाँ एक बिशेष मुद्धा के थियो भने त्यसलाई एकदम हलुका बनाउनु थियो । ताकि यदि यो खस्यो भने यसले कसैलाई चोट नपुगाओस् । हामी यो सब किन गरिरहेका छौं त ? हामी स्वचालनको क्षेत्रमा काम गर्ने एउटा कम्पनी हौँ , र हामी अत्यधिक हलुका संरचना बनाउन चाहन्छौँ किनकि त्यो ऊर्जाकुशल ( ईनर्जि एफिसिएन्ट ) हुन्छ साथमा हामी वायुशास्त्र र वायुगतिय प्रकियाको बारेमा अझ बढी जान्न चाहन्छौँ । त्यसैले अब म चाहन्छु तपाईँहरू आफ्नो कुर्सिको पेटी बाध्नुहोस् अनि शिर जोगाउनुहोस् । ता कि हामी एकपटक प्रयास गरौं , यो स्मार्ट बर्ड उडाउने । धन्यवाद । ( तालि )
(src)="17"> ( Қошемет )
(trg)="2"> ( तालि )
(src)="18"> ( Қошемет )
(src)="19"> Енді SmartBird роботын көре аламыз .
(src)="20"> Мынаның сыртқы терісі жоқ .
(trg)="3"> ( तालि ) अहिले हामी , स्मार्ट बर्डलाई देखिरहेका छौँ । यो छाला ( खोल ) बिना छ । यसको पँखेटा लगभग दुई मिटर जति छ । लम्बाइ एक मिटर र ६ इन्च छ , अनि तौल , केवल ४५० ग्राम छ । र यो सबै कार्वन फाइवरले बनेको छ । बिचमा एउटा मोटर छ , अनि त्यहाँ एउटा दाँति ( गियर ) पनि छ , र हामी त्यो दाँति , मोटरको घुमाइ परिवर्तन गर्न प्रयोग गर्दर्छौँ । मोटरभित्र तीनवटा हल सेन्सर छन् , जसले गर्दा हामी पँखेटा कहाँ छ ठ्याक्कै थाहा पाउछौँ । अब हामीले तल- माथि चलायौँ भने ...
(src)="27"> құстарша ұшу мүмкіндігіміз бар .
(src)="28"> Егер төмен түссеңіз , алға жылжитын үлкен кеңістікке ие боласыз , ал егер жоғары тұрсаңыз , қанаттар ондай үлкен емес , әрі жоғары серпілуге оңайырақ болады .
(src)="29"> Келесі жасағанымыз , яғни шешкен мәселеміз осы қозғалыстарды үйлестіру болды .
(trg)="4"> यसमा चराजस्तै उड्नसक्ने सम्भावना रहन्छ । यदि तल हेर्नुभयो भने , सन्चालक शक्तिको ठुलो क्षेत्र छ , अनि यदि माथि हेर्नुभयो भने , पँखेटाहरू त्यति ठुला छैनन् , र माथि उठ्न सजिलो हुन्छ । तसर्थ , हामीले अर्को काम गर्यौँ या भनौँ चुनौति स्विकार गर्यौं , यो चालको संयोजन गर्ने । हामीले यसलाई मोड्नु छ , माथि लानु छ अनि तल ल्याउनु छ । हामीसँग विभाजित पँखेटा छ । विभाजित पँखेटाले गर्दा माथिल्लो पँखेटा उठाउन सकिन्छ , अनि तलको पँखेटामा घचेट्ने शक्ति दिन्छ । साथै , हामिले बिचार गर्यौं , हामी कसरी वायुगतिय दक्षता मापन गर्न सक्छौं भनेर । हामीसँग वैद्युत- यान्त्रिक दक्षताको ( ईलेक्ट्रोमेकानिकल ) ज्ञान थियो जसबाट हामी वायुगतिय दक्षताको मापन गर्न सक्छौँ । त्यसैकारणले यो निष्क्रिय मडारबाट सक्रिय मडार मा , ३० प्रतिशतबाट ८० प्रतिशतसम्म उठ्छ् । हामीले गर्नुपर्ने अर्को कुरा , हामीले सम्पूर्ण संरचनालाई नियन्त्रित र संचालित राख्नुपर्दछ । यदि हामीले यसलाई नियन्त्रित र चलायमान राख्यौँ भने मात्र तपाईँले त्यो वायुगतिय दक्षता पाउनु हुन्छ । यसमा सम्पूर्ण ऊर्जा खपत उडान प्रक्षेपणको समय लगभग २५ वाट हुन्छ र उडानको बेलामा १६ देखि १८ वाट हुन्छ । धन्यवाद । ( तालि ) ब्रुनो गिसानी : मार्कस , मलाई लाग्छ हामीले यसलाई एकपटक फेरि उडाउनु पर्छ । मार्कस फिसर : भैहाल्छनि ( हासोँ )
(src)="46"> ( Таңданыс )
(trg)="5"> ( स्वाँ स्वाँ आवाज )
(src)="47"> ( Қуаныш ) ( Қошемет )
(trg)="6"> ( चियर्स ) ( तालि )
# kk/DikMSccdSckw.xml.gz
# ne/DikMSccdSckw.xml.gz
(src)="1"> Ттыңдау қабілетіміз төмендеп барады .
(src)="2"> Сөйлесудің 60 пайызы тыңдаумен өтеді , бірақ оның өзі қолымыздан келмейді .
(src)="3"> Естігенде тек 25 пайызын есте сақтаймыз .
(trg)="1"> हामी सुन्ने क्षमता गुमाउदैँ छौँ । हामी अन्दाजी ६० प्रतिशत समय सुनेर गर्ने सन्चारमा खर्च गर्छौँ । तर हामी यसमा त्यति पोख्त चाँहि छैनौँ । हामीले सुनेको २५ प्रतिशत मात्र लिन्छौँ । अहिले तपाईँहरु , यो प्रवचनलाई भनेको होइन है , तर साधारणतया यस्तै हुन्छ । ल हामी सुनाईलाई परिभाषित गरौँ ध्वनिको अर्थ बुझ्ने कामको रुपमा । यो एउटा दिमागी प्रक्रिया हो , र यो एउटा निचोडात्मक प्रक्रिया हो । यसको लागि हामीले केही चाखलाग्दा तरिकाहरु प्रयोग गर्छौँ । यी मध्ये एउटा ढाँचा पहिचान हो , ( भीडको हल्ला ) यस्तो ककटेल पार्टीमा , यदि मैले , " डेभिड , सारा , यता सुन त , " भन्दा केहि चुपचाप बस्नुहुन्छ । हामीले ढाँचालाई चिनेर हल्लाबाट चाहिएको सङ्केतलाई छुट्टयाउँछौँ , विशेषगरि आफ्नो नाम । फरक छुट्टयाउने अर्को तरिका हो । मैले यो ध्वनि केही मिनेटसम्म बजाइरहे भनेँ , तपाईँहरुले सुन्ने चेष्टा गर्नुहुन्न । हामी फरकलाई सुन्छौँ , अनि नफेरिने ध्वनिलाई छोड्दिन्छौँ । अनि धेरै प्रकारका फिल्टरहरु अाउँछन । यस्ता फिल्टरहरुले हामीलाई ठ्याक्कै त्यहाँ पुर्याउछन जुन कुरा हामी सुन्न खोजिरहेका हुन्छौँ । धेरै जनालाई यस्ता फिल्टरबारे थाहा नै हुदैँन । तर खासमा तिनीहरुले नै वास्तविकता देखाउँछन , किनभने यस्ता फिल्टरहरुले नै हामी कुन कुरामा ध्यान दिदैँ छौँ भन्ने बताउँछन् । म एउटा उदाहरण दिन्छु : सुन्नको लागि नियत पनि महत्वपुर्ण कुरा हो । जब मैले बिहे गरेँ , मैले वाचा गरेको थिएँ उनका कुरा सधैँ सुन्नेछु जिन्दगीमा पहिलो पटक । र अहिले म सधैँ यो कुरा पुरा गर्न सकेको छैन । ( हाँसो ) तर यस्तो अभिप्राय राख्नु सम्बन्धमा राम्रो हुन्छ । तर यो पनि सबै होइन । ध्वनिले नै हामीलाई स्पेस( स्थान ) र समयमा स्थापित गराउँछ । यदि तपाईले अहिले यो कोठामा आँखा बन्द गर्नुभयो भने पनि तपाईँले यो कोठाको साइज अनुमान लगाउन सक्नुहुन्छ प्रतिध्वनिबाट र भित्ताहरुबाट फर्केको आवाज सुनेर । र यहाँ कति मान्छे छन भन्ने पनि अनुमान लगाउन सकिन्छ किनभन्दा सानासाना आवाजहरु तपाईँहरु सुनिरहनुभएको छ । अनि ध्वनिले हामीलाई समयमा राख्छ , किनभन्दा ध्वनिमा सधैँ समय पनि समाहित हुन्छ । खासमा , म के भन्न रुचाउँछु भने सुनाई नै प्रमुख कुरा हो जसबाट हामी समयलाई अनुभव गर्छौँ विगतदेखि भविष्यसम्म । त्यसैले " ध्वन्यात्मकता नै समय र अर्थ हो( Sonority is time and meaningJean- Luc Nancy ) " -- एउटा राम्रो उद्गार । मैले सुरुमा नै भनेको थिएँ , हामीहरु सुन्ने क्षमता गुमाउँदै छौँ । मैले किन त्यस्तो भनेँ त ? त्यसको पछाडि धेरै कारणहरु छन् । पहिलो , हामीले रेकर्डिङ प्रविधि पत्ता लगायौँ -- पहिले लेखाई , त्यसपछि ध्वनि रेकर्डिङ अनि अहिले भिडियो रेकर्डिङ । जुन ध्यान र शुध्द सुन्ने प्रयास गरिन्थ्यो त्यो सजिलो हराएर गयो । दोस्रो , संसार धेरै कोलाहलमय छ , ( हल्ला ) यस्ता कर्कश हल्लाहरु भइरहेछन , श्रव्य र दृश्य दुवैमा , अनि सुन्न गार्हो हुदै छ , अनि सुन्दैमा थाकिने भइसक्यो । धेरै मानिसहरुले हेडफोन प्रयोग गर्छन , तर त्यसले पनि ठुला , सार्वजनिक स्थल , जस्तै यहाँ , यी साझा ध्वनिहरु , लाखौँ , साना , मसिना व्यक्तिगत ध्वनिवृत्तमा परिवर्तन हुन्छन् । यस्तो परिदृश्यमा , कसैले कसैलाई सुनेको हुदैँन । हामीहरु अधैर्य बन्दै छौँ । हामीलाई वक्तृत्व मन पर्दैन , चाखलाग्दो बयान मन पर्छ । साथै कुराकानीको कला प्रतिस्थापित हुदैँ छ -- खतरनाक रुपमा , मेरो विचारमा -- व्यक्त्तिगत सन्चारले । म भन्न सक्दिन यो प्रवचनमा कतिको सुनिएको छ , दुखद कुरा यो सर्वत्र छ , खासगरि संयुक्त अधिराज्यमा । हामीहरु कम संवेदनशील हुदैँ छौँ । हाम्रा मिडियाहरु कराउनै पर्छ हेडलाइनहरु तिर हाम्रो ध्यान तान्न । र यसले के बताउँछ भने हाम्रो ध्यान पुग्दैन साना , मसिना , अनि कम चर्चा गरिएकामा । यो गम्भिर समस्या हो कि हामी सुन्ने क्षमता गुमाउदैँ छौँ । यो साधारण हुदैँ होइन । किनभने सुनाई हाम्रो बुझाईको ढोका हो । सचेत सुनाईले सधैँ बुझाईलाई सघाउँछ । र सचेत सुनाई बिना यस्ता कुरा हुन सक्छन -- एउटा यस्तो संसार जहाँ एउटाले अर्कोलाई सुन्दैन , पक्कै पनि डरलाग्दो ठाउँ हुनेछ । त्यसैले म के कुरा बाँड्न चाहन्छु भने पाँच साधारण अभ्यासहरु , साधनहरु जुन तपाईँ सगैँ लिएर जहाँ पनि पुग्न सक्नुहुन्छ , आफ्नो सचेत सुनाईलाई सुधार्न । के तपाईँहरु यो चाहनुहुन्छ ?