# inh/VuqYr9NN4uzC.xml.gz
# ne/VuqYr9NN4uzC.xml.gz
(src)="1"> 1уйре дика хийла шун .
(src)="2"> Х1ама дий вайгахь ?
(src)="3"> Могаш ма доахкий ?
(trg)="1"> सुभप्रभात । के छ त ? सब ठिकठाक , हैन त ? यी सबै कुराहरूले मलाई अचम्म र हैरान् तुल्यायो । वास्तवमा , म छोडेर जाँदैछु । ( हाँसो) © यहाँ तीन बिषयहरू छन , हैन त, ♫ सम्मेलनको तयारी , र यी प्रासङ्गिक पनि छन् मैले भन्न चाहेका कुरासित। ¼ एउटा चाहिँ मानव सिर्जनशीलताको असाधारण प्रमाण हाम्रामा भएका सबै प्रस्तुतिहरूमा देखिएको छ र यहाँ उपस्थित सबै व्यक्तिहरूमा । मात्र यसको विविधता र यसको प्रकार । दोस्रो चाहिँ यसले हामीलाई एउटा यस्तो ठाउँमा पुर्र्याएको छ जहाँ अब अगाडि भविष्यमा के हुँदैछ भन्ने , हामीलाई केहि थाहा छैन । अनि यो कसरी सकिएला भन्ने केहि थाहा छैन । मलाई शिक्षामा रुचि छ -- वास्तवमा , मलाई के लाग्छ भने सबैलाई शिक्षामा रुचि हुन्छ । तपाईँलाई छैन त ? मलाई चाहिँ यो खुब रमाईलो लाग्छ। € यदि तपाईँ कुनै रात्रिभोजमा हुनुहुन्छ , र तपाईँले भन्नुभयो कि तपाईँ शिक्षा क्षेत्रमा काम गर्नुहुन्छ -- वास्तवमा , प्रष्टै छ , यदि तपाईँ शिक्षामा काम गर्नुहुन्छ भने , तपाईं प्राय : भोजमै भेटिनुहुन्न । ( हाँसो ) तपाईंलाई कसैले सोध्दैन । अनि तपाईँलाई फेरि कसैले सोध्दैन , उत्सुक भएर । त्यो मेरो लागि अचम्मको कुरा हो । तर यदि तपाईँ शिक्षामै काम गर्नुहुन्छ , अनि तपाईँले कसैलाई भन्नुभयो भने , तपाईँलाई थाहै छ , उनीहरू भन्छन , " तपाईँ के गर्नुहुन्छ ? " अनि तपाईँ आफू शिक्षामा काम गर्छु भन्नुहुन्छ , तपाईँले उनीहरूको अनुहारको रङ्ग हराएको देख्नुहुनेछ । तिनीहरू यस्तो खाले कुरा गर्छन् ,
(src)="24"> " Ва са Даьла- кх , сенна хаьттар аз укхунга из .
(src)="25"> Сай таккхалча ваьг1авалара со , укхун зурмага ладувг1аш б1арчча ди д1аг1оргда ма дий х1анз ! "
(src)="26"> Бакъдар аьлча , нагахь санна 1а царга хоаттий цар образовани -
(trg)="2"> " हे भगवान , " थाहा छ , " मै चाहिँ किन ? मेरो साताभरिको यहि एउटा रात्रिभोजमा । " ( हाँसो ) तर यदि तपाईँले उनीहरूको शिक्षाको बारेमा सोध्नुभयो भने , उनीहरूले तपाईँलाई जकड्नेछन् । किनभने यो एउटा त्यस्तो कुरा हो जसले मानिसको भित्रसम्म छुन्छ , हैन त ? धर्म , अनि पैसा र अन्य कुराहरू जस्तै। ♫ मलाई शिक्षामा ठूलो रुचि छ , अनि मलाई लाग्छ हामी सबैलाई छ । यसमा हाम्रो एउटा ठूलो अन्तर्निहित स्वार्थ छ, ♪ केहि मात्रामा यसको कारण , शिक्षा नै यस्तो चिज हो जसले हामीले ग्रहण गर्न नसक्ने भविष्यमा हामीलाई लैजान्छ । एक पटक सोच्नुस त , यस वर्ष विद्यालय शुरु गरेका केटाकेटीहरू सन २०६५ मा निवृत्त हुनेछन् । कसैलाई थाहा छैन -- गएका चार दिनमा यहाँ गरिएका सबै विशेषज्ञहरूका कुराहरूका बावजुद -- यो विश्व पाँच वर्षमा कस्तो देखिनेछ भनेर । तरै पनि हामी उनीहरूलाई त्यसका निम्ति पढाईरहनु पर्दछ । त्यसैले यो अनुमानविहीनता , मलाई लाग्छ , अद्भुत किसिमको छ। ® र यसको तेस्रो कुरा के हो भने जे भएपनि , हामी सबै सहमत छौँ बच्चाहरूसँग हुने साँच्चै अद्भुत क्षमतामा -- उनीहरूको नवीनताको क्षमतामा । मेरो मतलव , हिजो राती सिरेनाले अचम्मै गरिन , हैन त ? उनले के गर्न सक्दी रहिछन भन्ने हेर्दा त । र उनी अपवाद हुन , तर मलाई लाग्छ हैनन, अझ यसरी भनौं , सम्पूर्ण बचपनभरिमै अपवाद । तपाईँले त्यहाँ देख्नुभएको एउटा असाधारण रुपमा समर्पित व्यक्ति हो जोसँग एउटा प्रतिभा छ । र मेरो असहमति के छ भने , सबै बच्चाहरूसँग अथाह प्रतिभा हुन्छ। € र हामी ती प्रतिभालाई अत्यन्त निर्ममतापूर्वक नष्ट गर्दिन्छौं । त्यसैले म शिक्षाको बारेमा कुरा गर्न चाहन्छु र म सिर्जनशीलताको बारेमा कुरा गर्न चाहन्छु । मेरो धारणा के हो भने अहिले शिक्षामा सिर्जनशीलताको महत्व पनि साक्षरताको जत्तिकै छ , र हामीले यसलाई उत्तिकै महत्वका साथ हेर्नु पर्छ । ( ताली ) धन्यवाद । वास्तवमा , मैले भन्न खोजेको त्यहि हो । धेरै धेरै धन्यवाद । ( हाँसो ) भनेपछि , अब १५ मिनेट बाँकि । अँ , म जन्मेको थिएँ ... अहँ । ( हाँसो ) मैले हालसालै एउटा गज्जबको कथा सुनेँ -- मलाई यो कथा भन्न रमाईलो लाग्छ -- चित्रकला कक्षामा बसेकी एउटी सानी नानीको कथा । छ वर्षकी नानी र उनी पछाडि बसेकी थिईन , चित्र कोर्दै , शिक्षीकाले भन्थिन कि ती नानीले कुनै कुरामा ध्यान दिन्नथिन , तर यो चित्रकलाको कक्षामा उनले ध्यान दिएकी थिईन । शिक्षीकालाई खुब अचम्म लागेछ र उनको छैउमा गईछन् र भनिछन , " तिमीले के को चित्र बनाई राखेको ? " अनि ती नानीले भनिछन , " म ईश्वरको चित्र बनाउँदैछु । " अनि शिक्षीकाले भनिछन , " तर ईश्वर कस्ता छन भनेर त कसैलाई पनि थाहा छैन । " ¼ अनि ती नानीले भनिछन , " एक मिनेटपछि सबैले थाहा पाउनेछन । " ( हाँसो ) जब मेरो छोरो बेलायतमा चार वर्षको थियो -- वास्तवमा भन्दा , उ जहाँतहिँ चार वर्षकै थियो । ( हाँसो ) यदि ठ्याक्कै भन्ने हो भने , जहाँसुकै गएपनि , उ त्यस वर्ष चार वर्षको थियो । ऊ नेटिभिटी प्लेमा थियो । तपाईँ त्यो कथा सम्झिनुहुन्छ ? अहँ , त्यो धेरै लामो थियो । यो लामो कथा थियो । मेल गिब्सनले यसको शृङ्खलै बनाएका छन। ♫ तपाईँले हेर्नुभएको होला : " नेटिभिटी २ । " तर जेम्सले जोसेफको भूमिका पाएको थियो , जसले हामीलाई रोमाञ्चित बनाएको थियो। £ हामीले यसलाई एक मुख्य भूमिकाका रुपमा लिएका थियौँ । अनि त्यहाँ टी- सर्टमा बोलाईएका टन्नै एजेन्टहरूको भिड थियो : " जेम्स रबिन्सन जोसेफ नै हो ! " ( हाँसो ) उसले बोल्नु पर्ने थिएन , तर तपाईँलाई थाहै छ त्यो खण्ड जहाँ तीन राजाहरू आउँछन् । उनीहरूले उपहारहरू लिएर आउँछन् , र उनीहरूले सुन , फ्रान्किन्सेन्स र मिर लिएर आउँछन् । यो साच्चैँ नै भयो । हामी त्यहाँ बसिराखेका थियौँ अनि मलाई लाग्छ उनीहरू कथाको क्रमबाट बाहिर गए , किनभने हामीले पछि त्यो बच्चासँग कुरा गर्दा भन्यौँ ,
(src)="83"> " Да даьр- кх " аьнна , юха жоп делар цо , к1езиг- дукха цецваьнна аз из шийга хаттарах .
(src)="84"> Лоацца аьлча , тувлабенна хиннабар уж .
(src)="85"> Мичча беса дале а , цу пьеса чу кхоккхе диъ шу даьнна к1аьнк хьачуваьлар кертах гаташ а хьоарчадаь .
(trg)="3"> " तिमीलाई ठिकै लाग्यो त ? " अनि उसले भन्यो , " अँ , किन ? केहि बिग्र्यो र ? " उनीहरूले बद्लि गरे , त्यत्ति मात्रै हो । जे होस , ती तीनजना केटाहरू आए -- टाउकामा टावेल राखेका चार वर्षे बच्चाहरू -- अनि उनीहरूले ती बक्साहरू भुईँमा राखे , अनि पहिलो केटोले भन्यो , " मैले यहाँको लागि सुन ल्याएको छु । " अनि दोस्रो केटोले भन्यो , " मैले यहाँको लागि मिर ल्याएको छु । " अनि तेस्रो केटोले भन्यो , " फ्र्याङ्कले पठाएको । " ( हाँसो ) यी कुराहरूमा समानता के छ भने बच्चाहरू अवसर लिईहाल्छन् । उनीहरूले कुनै कुरा जानेनन भने पनि केहि चाहिँ गरिहाल्छन् । हैन त ? उनीहरू गलत हुन डराउँदैनन् । अब , मैले भन्न खोजेको कुरा यो हैन कि गलत हुनु र सिर्जनशील हुनु भनेको एकै हो । हामीलाई यो थाहा छ कि , यदि तपाईँ गलत हुन तयार हुनुहुन्न भने , तपाईँ कुनै कुरामा कहिल्यै मौलिकता ल्याउन सक्नुहुन्न । यदि तपाईँ गलत हुन तयार हुनुहुन्न भने । अनि बच्चाहरू जब बयस्क भईसक्छन् , धेरैजसोले त्यो क्षमता गुमाईसकेका हुन्छन् । उनीहरू गलत हुनबाट डराउने हुन्छन् । अनि , हामी हाम्रा कम्पनीहरू पनि यसरी नै चलाउँछौँ। ® हामी गल्तीहरूलाई नराम्रो रुपमा हेर्छौँ । अनि हामी अहिले यस्तो प्रकारको राष्ट्रिय शिक्षा पद्धति चलाउँदैछौँ जहाँ गल्ती भनेको तपाईँले गर्नैनहुने सबैभन्दा नराम्रो कुरा हो । र यसको परिणाम भने हामी मानिसलाई उनीहरूको सिर्जनशील क्षमताभन्दा बाहिर शिक्षा दिईराखेका छौं । पिकासोले एकपटक यसो भनेका थिए । उनले भनेका थिए कि सबै बच्चाहरू जन्मिँदा कलाकार हुन्छन् । समस्या भने हामी बढ्दै जाँदा पनि कलाकारनै रहिरहनु हो । म यसलाई पूर्ण विश्वास गर्छु कि , हामी सिर्जनशीलतातिर बढ्दैनौ , हामी यसबाट बाहिरतिर बढ्छौँ । अझ भन्दा , हामी यसबाट बाहिर शिक्षित हुन्छौँ । त्यसोभए किन यस्तो छ त ? म करिब ५ बर्षअघिसम्म स्ट्र्याटफर्ड- अन- एभनमा बस्थेँ । वास्तवमा , हामी स्ट्र्याटफर्डबाट लस एञ्जलस सरेका हौँ । यसबाट यो परिवर्तन कति सजिलो भयो होला भनेर तपाईँले अनुमान गर्न सक्नुहुन्छ । ( हाँसो ) वास्तवमा , हामी एउटा स्निटरफिल्ड भन्ने ठाउँमा बस्थ्यौँ , स्ट्र्याटफर्डको केहि बाहिर मात्र , जहाँ शेक्सपियरका बाबु जन्मेका थिए । तपाईँ अर्को अचम्ममा पर्नु भयो ? म चाहिँ परेको थिएँ है । तपाईँले शेक्सपियरका बाबु पनि थिए भनेर सोच्नुहुन्न , सोच्नुहुन्छ त ? सोच्नु हुन्छ त ? किनभने तपाईँ शेक्सपियर लाई बच्चाको रुपमा सोच्नुहुन्न , हैन त ? सात वर्षका शेक्सपियर ? मैले यो कुरा कहिल्यै सोचेको थिईन । मेरो मतलव , उनी एकपटक सात वर्षका त थिए नि । उनी कसैको अङ्ग्रेजी कक्षामा थिए , हैन त ? त्यो कस्तो दिक्कलाग्दो हुन्थ्यो होला ?