# gl/6jNie41L8yw5.xml.gz
# ne/6jNie41L8yw5.xml.gz


(src)="1"> Señoras e señores , presten atención .
(src)="2"> Gustaríame contarlles unha historia .
(src)="3"> Érase unha vez na Alemaña do século XIX o libro .
(trg)="1"> महिला तथा सज्जनबृंद , एकतृत भइदिनुहोला । तपाईंहरुलाई एऊटा कथा सुनाउन गइरहेको छु १९औं शताब्दिमा जर्मनीमा

(src)="4"> Naquela época o libro era o rei da narrativa .
(src)="5"> Era venerábel .
(src)="6"> Omnipresente .
(trg)="2"> ' पुस्तक´ थियो । त्यस समयमा , पुस्तक कथा प्रस्तुतिको एउटै मात्र माध्यम थियो । पुस्तक सम्माननिय थियो । सर्वव्यापी थियो । तर अलि अल्छिलाग्दो थियो । किनकी यसको ४०० बर्षको इतिहासमा , कथाकारहरुले पुस्तकलाई कथा प्रस्तुतिको उपकरण बनाएनन् । तर एक कथाकार निस्किए , जसले इतिहास बदलिए । ( संगीत ) उनको नाम थियो लोथर । लोथर मेगनडोर्फर । लोथरले अठोट गरे अनि भने , " गेनग इस्त गेनग " । आफ्नो कलम समाए । कैंची समाए । यथास्थितीबादबाट मुक्त हुने निर्णय गरे इतिहासले जान्नेछ लोथर लाई को हुन उनि ? एक आविश्कारक , जसले बच्चाहरुका लागि पप- अप चित्रकथा बनाए ( संगीत ) यो खुशी र यो नयाँपनमा मानिसहरुले उत्शव मनाए ( उत्साह ) उनिहरु खुशी भए किनकि त्यो कथाले पुनर्जन्म पायो । र त्यो चलिरह्यो । लोथर मात्र पहिलो एक थिएनन् जस्ले कथा प्रस्तुतिको यो रुप प्रयोग गरेका थिए र लोथरनै अन्तिम पनि थिएनन् । शायद कथा प्रस्तोताहरुले अनुभव गरे या गरेनन् , उनिहरुले लोथरकै प्रयोगलाई निरन्तरता दिइरहेका थिए जब उनिहरु ओपेरा हुँदै नाटक , रेडियो समाचार हुँदै रेडियो नाटक , तस्बिर हुँदै चलचित्र रंगिन हुँदै थ्री- डी , क्यासेट हुँदै सिडी- डिभिडी सम्म आइपुगे । र यो सिलसिला रोकिन सक्ने पनि थिएन । र जब इन्टरनेट आयो , तब समय झन् रोमाञ्चक बन्यो । ( हाँसो ) किनकी अब मानिसलाई आफ्नो कथा प्रस्तुतिका लागी कयौँ माध्यमहरु बनिसकेका थिए । उदाहरणका लागी एक कम्पनिले आफ्नो प्रेम- कथा आफ्नै सर्च- इन्जिन बाट प्रकट गर्छ । एउटा ताइवानी स्टुडियोले अमेरिकन राजनितिलाई थ्रि- डिमा प्रस्तुत गर्छ । ( हाँसो ) अनि एक युवकले आफ्नो बुवाको कथा ट्विटर मार्फत राख्छ । र उसको बुवाको क्रियाकलापलाई प्रस्तुत गर्छ । त्यसपछि , सबै शान्त हुन्छन् ; एकपटक पछाडि फर्कन्छन । र थाहा पाउँछन् कि , ६ हजार वर्षको यो कथाको इतिहासमा , उनिहरु , ओडारहरुमा चित्र खोप्ने हुँदै शेक्सपियरलाई फेसबुकमा राख्‍न सम्म भ्याइसकेका थिए । र यो ठुलो उपलब्धि थियो । कथा प्रस्तुतिको यो कला सँधै उस्तै रह्यो । वास्तवमा कथाहरु दोहोरिरहेका थिए । तर मानिसहरुको कथा प्रस्तुत गर्ने तरिका भने शुद्ध र बौद्धिक थियो । र उनिहरुले सम्झिरहन्थे , त्यो एक जर्मनलाई जब हरेक पटक कथामा नयाँ प्रबिधि जन्मन्थ्यो । यसकारण , पाठक अनि दर्शकहरु प्यारा दर्शक- स्रोताहरु , सँधै खुशी रहन थाले । ( ताली )

# gl/7opHWpu2fYcG.xml.gz
# ne/7opHWpu2fYcG.xml.gz


(src)="1"> Agora , se o Presidente Obama invítame a ser o próximo Zar das Matemáticas faríalle unha proposta que melloraría bastante o ensino das matemáticas neste país .
(src)="2"> E sería bastante fácil de implantar e nada custosa .
(src)="3"> O currículo de matemáticas que temos baséase fundamentalmente na aritmética e o álxebra .
(trg)="1"> अहिले , यदि राष्ट्रपति ओबामाले मलाई गणितको अर्को बडा हाकिम बन्न बोलाए भने मलाई लाग्छ ऊनलाई मेरो एउटा सुझाव हुनेछ कि यो देशको गणित शिक्षालाई व्यापक सुधार गर्नुपर्छ । र यो लागू गर्न सजिलो अनि कम खर्चिलो हुनेछ । हाम्रो गणित पाठ्यक्रम अङ्क र बीजगणितको जगमा आधारित छ । र हामीले त्यसपछि हामीले सिक्ने सबैकुरा एउटा बिषयतिर अघि बढ्छ । अनि त्यो पिरामीडको टुप्पोमा क्याल्कुलस हुन्छ । र मैले यहाँ भन्न चाहन्छु कि मेरो बिचारमा त्यो पिरामीडको गलत टुप्पो हो ... सही टुप्पो -- हाम्रा सबै विद्यार्थीहरूले , सबै उच्च माध्यमिक पास गर्नेले जान्नु पर्ने कुरो -- त तथ्याङ्क पो हुनुपर्छ । सम्भाव्यता र तथ्याङ्क । ( ताली ) मेरो मतलव , मलाई गलत नसोच्नुस । तथ्याङ्क एउटा महत्वपूर्ण विषय हो । यो मानव मस्तिष्कको एउटा महान उपज हो । प्रकृतिका नियमहरू क्याल्कुलसको भाषामा लेखिएका छन । र प्रत्येक विद्यार्थी जसले गणित , विज्ञान , अभियान्त्रिकी , अर्थशाष्त्र पढ्छन उनीहरूले कलेजको पहिलो वर्षको अन्त्यसम्म क्याल्कुलस अबश्य सिक्नु पर्छ । तर मैले यहाँ यो भन्न चाहन्छु , गणितको प्रध्यापकका नाताले , कि वास्तवमा धेरै थोरै व्यक्तिहरू ऊनीहरूको दैनिक जीवनमा सचेत , अर्थपुर्ण रुपमा क्याल्कुलसको प्रयोग गर्छन । अर्कोतिर , तथ्याङ्क -- त्यस्तो विषय हो जुन तपाईँले दैनिक रुपमा प्रयोग गर्न सक्नुहुन्छ , र गर्नुहुन्छ । हैन त ? यो जोखिम हो । यो प्रतिफल हो । यो क्रमरहित हो । यो तथ्य बुझ्नु हो । मलाई लाग्छ यदि हाम्रा विद्यार्थीहरूले , यदि हाम्रा उच्च माध्यमिक विद्यार्थीहरूले -- यदि सबै अमेरिकी नागरिकहरूले -- सम्भाव्यता र तथ्याङ्कको बारेमा जानेका भए , हामी अहिले भईराखेको अर्थतन्त्रको अस्तव्यस्ततामा हुन्नथ्यौँ । त्यति मात्र -- धन्यवाद -- त्यति मात्र हैन -- [ तर ] यदि यो राम्ररी पढाईयो भने , यो धेरै नै रमाईलो हुन सक्छ । मेरो मतलव , सम्भाव्यता र तथ्याङ्क , यो खेलहरू र जुवाको गणित हो । यो झुकावहरूको विश्लेषण हो । यो भविश्यको अनुमान हो । हेर्नुस , विश्व एनालगबाट डिजिटलमा परिवर्तन भएको छ । र यो समय हाम्रो गणित पाठ्यक्रम एनालगबाट डिजिटलमा परिवर्तन गर्ने समय हो । अझ प्राचीन , अविरल गणितबाट आधुनिक , डिस्कृट गणिततर्फ । अनिश्चितताको गणित , क्रमविहीनताको , तथ्यको -- गणित , सम्भाव्यता र तथ्याङ्क हो । छोटकरीमा , हाम्रा विद्यार्थीहरू क्याल्कुलसका हिसाब गर्ने तरिकाहरु सिक्नुको सट्टा , मध्यमा बाट दुई स्ट्याण्डर्ड डेभिएसनहरू भनेको के हो भन्ने कुरा यदि सबैले जानेको भए एकदमै सार्थक हुन्थ्यो । र यो मेरो आशय हो । धेरै धेरै धन्यवाद । ( ताली )

# gl/BxDoaAHJnwTI.xml.gz
# ne/BxDoaAHJnwTI.xml.gz


(src)="1"> A Visualización é a base do meu traballo .
(src)="2"> Eu ensino sobre saúde global .
(src)="3"> E sei , que ter todos os datos non é suficiente .
(trg)="1"> तथ्यलाई दृश्यमा प्रस्तुत गर्नु मेरो पनि आफ्नो कामको मुटुमा पर्छ । म विश्वव्यापी स्वास्थ्यका बारे पढाउंछु । र मलाई थाहा छ यसबारे तथ्यांक मात्र भएर पुग्दैन । मैले त्यसलाई यस्तो तरीकाले प्रस्तुत गर्न पर्छ की मानिसहरुले रमाइलो मानुन् र बुझुन् । अब म आफूले पहिले कहिल्यै नगरेको काम गर्न गैरहेको छु : त्यो हो तथ्यांकलाई वास्तविक धरातलमा एनिमेशनबाट प्रस्तुत गर्नु , त्यसका लागि मलाई यहांका यी साथीहरुको प्राविधिक सहयोग प्राप्त छ त शुरु गरौं : पहिले यो एक्सीस स्वास्थ्य को । औसत आयु २५ बर्ष देखि ७५ बर्ष सम्म । यहां मुनि अर्को एक्सिस बनाउं सम्पत्तिको : प्रतिव्यक्ति आय :

(src)="10"> 400 , 4 . 000 e 40 . 000 dolares .
(src)="11"> Aquí abaixo , significa pobre e doente , e aquí enriba sería rico e saudábel .
(src)="12"> Agora vouvos mostrar o mundo fai 200 anos atrás , no 1810 .
(trg)="2"> ४०० , ४, ००० र ४०, ००० डलर । भनेपछि गरिब र रोगीहरु यहां तल पर्ने भए , यता माथि चाहिं धनी र निरोगीहरु । अब म तपाईंलाई २०० बर्ष अघिको संसार देखाउंछु , सन् १८१० तिरको । यि भए संसारका सबै देशहरु : युरोप खैरो , एशिया रातो , मध्यपूर्व हरियो , साहारादेखि दक्षिणको अफ्रीका नीलो , र अमेरिकाज पहेंलो । देशको नामको आकारको फोकाले त्यहांको जनसंख्या जनाउंछ । र सन् १८१० मा यहां मुन‌ि भिडभाड निकै थियो होइन त ? सबै देशहरुमा रोग र गरिबी व्याप्त थियो , सबै देशमा मानिसहरुको औसत आयु ४० बर्षभन्दा मुनि थियो र खाली युके र नेदरल्याण्ड्स मात्र केहि राम्रो अवस्थामा थिए , तर त्यति धेरै पनि होइन । अब म यो विश्वलाई गतिशिल बनाउंछु । औद्योगीक क्रान्तिले युरोप र अन्यत्रका मुलुकलाई बांकी भन्दा टाढा लैजान्छ , तर एशिया र अफ्रीकामा उपनिवेश बनाइएका देशहरु यहां तल अल्झिएर बसेका छन् । पश्चिमा देशहरु विस्तारै विस्तारै निरोगी हुंदै जान्छन् । अब युद्धको र रोगको प्रभाव केहि विस्तारै हेरौं , पहिलो विश्वयुद्धको र स्पेनी फ्लू महामारीको । यसबेला कस्तो ठूलो विपद भएको रहेछ । अब तिब्र गतिमा अघि बढ्दै १९२० र १९३० को दशकतिर हेरौं । ग्रेट डिप्रेशन भनिएको महा- आर्थिक मन्दीको बेलामा पनि पश्चिमा देशहरु अघि बढी ने रहेका देखिन्छन् अझ बढी सम्पन्नता र निरोगीपन तिर । जापान र अरु देशहरु पछ्याउने प्रयास गर्छन् तर धेरैजसो देशहरु यहां तल तिर नै अड्कीएका छन् । अब , दोस्रो विश्व युद्धको वियोगहरु पछि सन् १९४८ को संसार हेर्न एकैछिन अडिऔं । १९४८ महान बर्ष थियो : लडाईं सकिएको थियो , हिउंदे ओलिम्पिक्सको पदक तालिकामा स्वीडेन शिर्षस्थानमा थियो र त्यही साल म पनि जन्में । तर संसारका देशहरु बीचको भिन्नताको खाडल पहिले कहिल्यै भन्दा बढी फराकिलो थियो । संयुक्त राज्य अमेरिका अग्रस्थानमा थियो , जापान त्यसलाई पछ्याउंदै थियो ब्रजील निकै पछाडी थियो , तेलधनबाट इरान केहि सम्पन्न हुंदै थियो तर औसत आयु अझै पनि कमै थियो र विशाल एशियाली अर्थतन्त्रहरु : चिन , भारत , पाकिस्तान , बांग्लादेश र इन्डोनेशिया तिनीहरु यहां मुनितिर अझै गरिब र रोगी नै थिए , तर अब हेर्नुस् के हुनेछ ! लौ अब फेरि अघि बढौं । मेरो जीवनकालमै , पहिलेका उपनिवेशहरु स्वतन्त्र भएका छन् , र अन्तत : तिनीहरु विस्तारै निरोगी बन्न शुरु भएको छ झन निरोगी झन झन निरोगी । र सन् १९७० को दशकमा , एशिया र ल्याटिन अमेरिकाका देशहरु पश्चिमा देशहरुकै हाराहारीमा आउन थाले : तिनीहरु उदाउंदो अर्थतन्त्र बन्न पुगे । अफ्रीकाका केहि देशले तिनलाई पछ्याए तर केहि अफ्रीकीहरु भने गृहयुद्धको चपेटामा परे अरुलाई एचआइभीको मार पर्यो । र अब हामी अहिलेको विश्व देख्‍न सक्छौं , उपलब्ध भएसम्मको ताजा तथ्यांकहरुको दृश्यमा । अहिले धेरैजसो मानिसहरु बीचको भागमा छन् । तर यति नै बेला एकदम ठूला भिन्नताहरु पनि छन् धनी देशहरु र गरिब देशहरुका बीचमा र ति देशहरुभित्रै पनि ठूला असमानताहरु छन् । यि फोकाहरुले देशहरुको औसतलाई देखाउंछन् तर म तिनलाई विभाजीत गर्न सक्छु । चिनलाई लिउं , म यस्लाई प्रान्तहरुमा विभाजीत गर्छु । त्यो सांघाई भयो । त्यहां अहिले इटलीमा जत्तिकै सम्पत्ति र निरोगीपना छ । र यहां गरिब भित्री प्रान्त गुईझु छ , यो पाकिस्तान जस्तो छ । यस्लाई अझै थप टुक्रा पार्ने हो भने यहांका ग्रामिण भेकहरु अफ्रीकाको घाना जस्तै छन् ।