# fil/26WoG8tT97tg.xml.gz
# ne/26WoG8tT97tg.xml.gz


(src)="1"> May salita sa Chinese na " Xiang " na ibig sabihin ay mabango .
(src)="2"> Pwede itong bulaklak , pagkain , kahit ano
(src)="3"> Pero laging positibong paglalarawan ng bagay
(trg)="1"> चीनिया भाषामा एउटा शब्द छ " Xiang " जसको मतलब हो राम्रो बासना छ यसले फुल , खानेकुरा व्याख्या गर्न सक्छ , कुनैपनि चीज हुनसक्छ तर यसले चीजहरूको सधै सकारात्मक वर्णन गर्ने गर्छ म्यान्डरिन बाहेक अरू भाषामा अनुवादन गर्न गाह्रो हुने गर्छ हामीसँग फिजी- हिन्दीमा " तलनोवा " भनिने शब्द छ साँचिकै , तपाईले यस्तै आभास गर्नुहुन्छ , शुक्रबार राती अबेर सम्म , तपाईको साथीहरूको माझ मन्द हावाको मजा लिँदै , तर यो त्यति मात्रै होइन , यो सानो कुराकानीको अझ न्यानो र मिलनसार संस्करण हो जुन तपाईले आफ्नो दिमागले सोँचे जति सबै कुराहरूको बारे हो एउटा ग्रीक शब्द छ , " मेराकी " जस्को मतलब तपाईले साँचिकै आफ्नो आत्मा बाहिर निकालनु हुन्छ , तपाईको सम्पूर्ण अस्तित्वलाई आफूले गरिहरेको कुरामा ढाल्नु हुन्छ , चाहे त्यो तपाईको अभिरुचि होस् या तपाईको कार्य होस् तपाईले त्यसलाई आफूले गरेको कुरामा मायाँका साथ गर्नुहुन्छ तर यो भनेको सांस्कृतिक कुराहरू मध्ये एउटा हो जसको मैले अहिले सम्म राम्रो अनुवादन दिन सकेको छैन

(src)="11"> " Meraki , " may passion , may pagmamahal
(trg)="2"> " मेराकी " , जोशका साथ , मायाका साथ

# fil/7opHWpu2fYcG.xml.gz
# ne/7opHWpu2fYcG.xml.gz


(src)="1"> Ngayon , kung si Pangulong Obama ay aanyayahin ako na maging susunod na Tsar ng Matematika , meron akong suhestiyon sa kanya na sa palagay ko ay magpapayabong sa sistema ng edukasyon ng matematika sa bansang ito .
(src)="2"> Madali lang itong isakatuparan at hindi gagastos ng malaki .
(src)="3"> Sa ngayon , ang kurikulum ng matematika ay batay sa aritmetika at algebra .
(trg)="1"> अहिले , यदि राष्ट्रपति ओबामाले मलाई गणितको अर्को बडा हाकिम बन्न बोलाए भने मलाई लाग्छ ऊनलाई मेरो एउटा सुझाव हुनेछ कि यो देशको गणित शिक्षालाई व्यापक सुधार गर्नुपर्छ । र यो लागू गर्न सजिलो अनि कम खर्चिलो हुनेछ । हाम्रो गणित पाठ्यक्रम अङ्क र बीजगणितको जगमा आधारित छ । र हामीले त्यसपछि हामीले सिक्ने सबैकुरा एउटा बिषयतिर अघि बढ्छ । अनि त्यो पिरामीडको टुप्पोमा क्याल्कुलस हुन्छ । र मैले यहाँ भन्न चाहन्छु कि मेरो बिचारमा त्यो पिरामीडको गलत टुप्पो हो ... सही टुप्पो -- हाम्रा सबै विद्यार्थीहरूले , सबै उच्च माध्यमिक पास गर्नेले जान्नु पर्ने कुरो -- त तथ्याङ्क पो हुनुपर्छ । सम्भाव्यता र तथ्याङ्क । ( ताली ) मेरो मतलव , मलाई गलत नसोच्नुस । तथ्याङ्क एउटा महत्वपूर्ण विषय हो । यो मानव मस्तिष्कको एउटा महान उपज हो । प्रकृतिका नियमहरू क्याल्कुलसको भाषामा लेखिएका छन । र प्रत्येक विद्यार्थी जसले गणित , विज्ञान , अभियान्त्रिकी , अर्थशाष्त्र पढ्छन उनीहरूले कलेजको पहिलो वर्षको अन्त्यसम्म क्याल्कुलस अबश्य सिक्नु पर्छ । तर मैले यहाँ यो भन्न चाहन्छु , गणितको प्रध्यापकका नाताले , कि वास्तवमा धेरै थोरै व्यक्तिहरू ऊनीहरूको दैनिक जीवनमा सचेत , अर्थपुर्ण रुपमा क्याल्कुलसको प्रयोग गर्छन । अर्कोतिर , तथ्याङ्क -- त्यस्तो विषय हो जुन तपाईँले दैनिक रुपमा प्रयोग गर्न सक्नुहुन्छ , र गर्नुहुन्छ । हैन त ? यो जोखिम हो । यो प्रतिफल हो । यो क्रमरहित हो । यो तथ्य बुझ्नु हो । मलाई लाग्छ यदि हाम्रा विद्यार्थीहरूले , यदि हाम्रा उच्च माध्यमिक विद्यार्थीहरूले -- यदि सबै अमेरिकी नागरिकहरूले -- सम्भाव्यता र तथ्याङ्कको बारेमा जानेका भए , हामी अहिले भईराखेको अर्थतन्त्रको अस्तव्यस्ततामा हुन्नथ्यौँ । त्यति मात्र -- धन्यवाद -- त्यति मात्र हैन -- [ तर ] यदि यो राम्ररी पढाईयो भने , यो धेरै नै रमाईलो हुन सक्छ । मेरो मतलव , सम्भाव्यता र तथ्याङ्क , यो खेलहरू र जुवाको गणित हो । यो झुकावहरूको विश्लेषण हो । यो भविश्यको अनुमान हो । हेर्नुस , विश्व एनालगबाट डिजिटलमा परिवर्तन भएको छ । र यो समय हाम्रो गणित पाठ्यक्रम एनालगबाट डिजिटलमा परिवर्तन गर्ने समय हो । अझ प्राचीन , अविरल गणितबाट आधुनिक , डिस्कृट गणिततर्फ । अनिश्चितताको गणित , क्रमविहीनताको , तथ्यको -- गणित , सम्भाव्यता र तथ्याङ्क हो । छोटकरीमा , हाम्रा विद्यार्थीहरू क्याल्कुलसका हिसाब गर्ने तरिकाहरु सिक्नुको सट्टा , मध्यमा बाट दुई स्ट्याण्डर्ड डेभिएसनहरू भनेको के हो भन्ने कुरा यदि सबैले जानेको भए एकदमै सार्थक हुन्थ्यो । र यो मेरो आशय हो । धेरै धेरै धन्यवाद । ( ताली )

# fil/EklTnRJcdmBU.xml.gz
# ne/EklTnRJcdmBU.xml.gz


(src)="1"> Isipin ang isang malaking pagsabog habang ikaw ay umaakyat ng 3, 000 ft .
(src)="2"> Isipin ang isang eroplanong puno ng usok .
(src)="3"> Isipin ang isang makinang na tunog klak , klak , klak , klak , klak , klak , klak , klak .
(trg)="1"> एउटा ठूलो विस्फोटनको कल्पना गर्नुहोस जब तपाई ३००० फिट उचाईंमा हुनुहुन्छ | एउटा धुवाँको मुस्लोले ढाकिएको हवाइजहाजको कल्पना गर्नुस | एउटा इन्जिनको कल्पना गर्नुहोस् जुन कराउँदैछ - क्लाक , क्लाक , क्लाक क्लाक , क्लाक , क्लाक , क्लाक यो एकदम डरलाग्दो हुन्छ । म एउटा गजबको सिटमा थिएँ । म १घ ( 1D ) मा बसेको थिएँ । म नै एउटै मानिस थिएँ जो जहाजको परिचारिकासँग कुरा गर्न सक्थ्यो । मैले उत्तिनै खेर उनीहरूलाई हेरे । र उनीहरूले भने , " कुनै समस्या होइन । हामीले कुनै चरासँग ठक्कर खाएको हुनुपर्छ । " चालकले जहाज घुमाइसकेका थिए , र हामी धेरै टाढा पनि थिएनौ । म्यानहटन देख्न सकिन्थ्यो । दुई मिनेट पछि , तीन वटा कुराहरु एकैसाथ भए । विमान चालकले जहाजलाई हड्सन नदी तिर सोझ्याए । त्यो नियमित बाटो थिएन । ( हाँसो ) उनले इन्जिनहरु बन्द गरे । अब कल्पना गर्नुहोस् कि तपाईं यस्तो जहाज भित्र हुनुहुन्छ जुन बाट आवाज आइ राखेको छैन । र उनले तीन वटा शब्द भन्छन - - मैले अहिलेसम्म सुनेका मध्य कठोर शब्दहरु र उनी भन्छन , " नराम्रो परिणामको लागि तयारी गर । " मैले जहाज- परिचारिकाहरूसँग अब कुरा गरिराख्नु परेन । ( हाँसो ) मैले उनको आँखा पढ्न सक्थे । त्यो भयानक थियो । जीवनको समाप्ति । अब मैले त्यो दिन सिकेका ३ वटा महत्वपूर्ण कुरा तपाईंहरूलाई सुनाउँदैछु । मैले सिके कि सबैकुरा निमेषभरमा परिवर्तन हुन सक्छन् । हामीसँग एउटा लामो सुची छ , हामी यी कुराहरु आफ्नो जीवनकालमा गर्न चाहन्छौं , मैले जीवनमा भेट्न चाहेका तर नभेटेका मानिसलाई सम्झे । ती सारा बिग्रेका कामहरु जसलाई म सच्याउन चाहन्थे , मैले लिन चाहेर पनि लिन नसकेका सबै अनुभवहरु । जब मैले यी सबैको बारेमा पछि सोचें , म यो निर्णयमा पुगे कि , " मैले गलत रक्सी जम्मा पारिरहेको छु । " किनकि जब रक्सी तयार छ र कोही त्यही छ - म रक्सी खोल्दै छु । अब म कुनै पनि कुरालाई थाँती राख्न चाहन्न । र त्यो आकस्मिकता , त्यो कारणले मेरो जीवनलाई साँच्चै नै परिवर्तन गरिदिएको छ । मैले त्यो दिन सिकेको दोस्रो कुरा -- र यो हामीले जर्ज वासिङ्टन पुललाई खाली गर्नु जस्तै हो , जुन त्यति ठुलो कुरा पनि होइन --- म प्रफुल्ल भए । मलाई साँच्चै नै एउटा पश्चाताप महसुस हुन्छ । मैले एउटा राम्रो जीन्दगी बाँचेको छु । मेरो आफ्नै मानवता तथा गल्तीहरूको सँगै मैले प्रयास गरेका हरेक चीजमा राम्रो हुन प्रयास गरेको छु । तर मेरो मानवतामा , म मेरो अहमलाई पनि स्वागत गर्छु । र मैले व्यर्थै खेर फालेको समय सोचेर पश्चाताप गरे जुन काम ती आवश्यक थिएन ती मानिससँग जुन महत्वपूर्ण थिए । र मैले सम्बन्धहरूको बारेमा सोचें मेरी पत्निसँगको , मेरा साथीसँगको , मानिसहरूसँगको । र त्यसपछि , जब मैले त्यस विषयलाई लिएर आफैलाई ऐनामा हेरे , मैले मेरो जीवनबाट नकरात्मक उर्जालाई उत्सर्जन गर्ने निर्णय गरे । यो सबै हिसाबबाट उपयुक्त त छैन , तर धेरै राम्रो चाही छ । मैले यो २ वर्षमा आफ्नी पत्निसँगै कहिल्यै झगडा गरेको छैन । बडो आनन्दको महसुस हुन्छ । म अबदेखि सही हुन चाहन्न , बस ! खुसी रहन चाहन्छु । मैले सिकेको तेस्रो कुरा - - यो तपाईंको दिमागी घडी जस्तै हो चलिरहन्छ , " १५ " , " १४ " , " १३ " तपाई पानी आइरहेको देख्नु हुन्छ । म भन्छु , " कृपया मलाई बगाएर लैजाउ " । म यसलाई २० टुक्रामा विभाजन गर्न चाहन्न तपाईहरूले त्यो वृत्तचित्रमा देखे जस्तो । जब हामी तल आउँदैछौं , मलाई रमाइलो अनुभव भयो । मर्नु डरलाग्दो छैन । यो त हामीले जीन्दगी भरि गरिरहेको तयारी जस्तै छ । तर यो धेरै दुःखदायी चाही थियो| म जान ( मर्न ) चाहन्न थिए , म मेरी पत्निलाई प्रेम गर्छु । अनि त्यो दुःख एउटा सोचमा परिणत भयो जुन कुरा , मैले एउटै मात्रै चाहना गरे| मैले चाहे की म मेरा छोराछोरीहरू बढेको देखुँ । त्यसको लगभग एक महिना पछि , म मेरी छोरीको ( कला ) प्रस्तुतिमा थिए । एक कक्षाकी छात्रा , त्यस्तो धेरै प्रतिभावान कलाकार त होइन ... ... तरपनि । ( हाँसो ) म कराउदैछु , रूदैछु , सानो बच्चा जस्तै र यी सबै कुरा गर्नु मलाई निकै सान्दर्भिक नै लाग्दै थियो त्यस क्षण मैले यो कुरा महसुस गरे कि ति दुई वटा आयामहरू लाइ जोडेर एउटै कुरा जुन मेरो जीवनमा महत्वपूर्ण छ -- त्यो भनेको एउटा राम्रो पिता हुनु हो । त्यो भन्दा पनि महत्वपूर्ण कुरा , महत्वपूर्ण कुरा , मेरो जीवनको एउटै मात्र उद्देश्य भनेको एउटा राम्रो पिता बन्नु हो । मलाई एउटा चामत्कारिक उपहार प्राप्त भएको छ त्यो दिन नमर्नु मलाई अर्को पनि उपहार प्राप्त भएको छ , जुन चाही भविष्य देख्न सक्ने हुनु हो अनि त्यहाँबाट फर्केर आउने तथा फरक जीवन जिउने हुन सक्नु हो । म तपाई आज उडिरहनु भएका साथीहरूलाई चुनौति दिन्छु , सम्झनुहोस कि तपाईहरूको जहाजमा पनि त्यहि कुरा भयो । तर कृपया नसम्झनुस् अनुमान गर्नुहोस , तपाईमा कस्तो परिवर्तन आउने थियो ? तपाईले के काम सम्पन्न गर्नुहुन्थ्यो , जुन तपाईंले थाती राख्नु भएको थियो किनकि तपाईंलाई लाग्छ तपाईं सधै यही रहिरहनु हुनेछ ? तपाईं कसरी सुधार गर्नुहुन्थ्यो आफ्नो सम्बन्धहरूलाई तथा सम्बन्धमा भएका खराब तत्वहरूलाई ? र सबै भन्दा ठूलो कुरा , तपाईं सकेसम्म उत्तम अभिभावक बनिरहनुभएको छ ? धन्यबाद ( ताली )