# eo/7opHWpu2fYcG.xml.gz
# ne/7opHWpu2fYcG.xml.gz
(src)="1"> Se nun prezidento Obama invitus min fariĝi la nova Caro de Matematiko , mi tiam proponus al li ion , kio multe plibonigus , mi kredas ,
(src)="2"> la instruadon de matematiko en Usono .
(src)="3"> Estus facile kaj malmultekoste starigi tion .
(trg)="1"> अहिले , यदि राष्ट्रपति ओबामाले मलाई गणितको अर्को बडा हाकिम बन्न बोलाए भने मलाई लाग्छ ऊनलाई मेरो एउटा सुझाव हुनेछ कि यो देशको गणित शिक्षालाई व्यापक सुधार गर्नुपर्छ । र यो लागू गर्न सजिलो अनि कम खर्चिलो हुनेछ । हाम्रो गणित पाठ्यक्रम अङ्क र बीजगणितको जगमा आधारित छ । र हामीले त्यसपछि हामीले सिक्ने सबैकुरा एउटा बिषयतिर अघि बढ्छ । अनि त्यो पिरामीडको टुप्पोमा क्याल्कुलस हुन्छ । र मैले यहाँ भन्न चाहन्छु कि मेरो बिचारमा त्यो पिरामीडको गलत टुप्पो हो ... सही टुप्पो -- हाम्रा सबै विद्यार्थीहरूले , सबै उच्च माध्यमिक पास गर्नेले जान्नु पर्ने कुरो -- त तथ्याङ्क पो हुनुपर्छ । सम्भाव्यता र तथ्याङ्क । ( ताली ) मेरो मतलव , मलाई गलत नसोच्नुस । तथ्याङ्क एउटा महत्वपूर्ण विषय हो । यो मानव मस्तिष्कको एउटा महान उपज हो । प्रकृतिका नियमहरू क्याल्कुलसको भाषामा लेखिएका छन । र प्रत्येक विद्यार्थी जसले गणित , विज्ञान , अभियान्त्रिकी , अर्थशाष्त्र पढ्छन उनीहरूले कलेजको पहिलो वर्षको अन्त्यसम्म क्याल्कुलस अबश्य सिक्नु पर्छ । तर मैले यहाँ यो भन्न चाहन्छु , गणितको प्रध्यापकका नाताले , कि वास्तवमा धेरै थोरै व्यक्तिहरू ऊनीहरूको दैनिक जीवनमा सचेत , अर्थपुर्ण रुपमा क्याल्कुलसको प्रयोग गर्छन । अर्कोतिर , तथ्याङ्क -- त्यस्तो विषय हो जुन तपाईँले दैनिक रुपमा प्रयोग गर्न सक्नुहुन्छ , र गर्नुहुन्छ । हैन त ? यो जोखिम हो । यो प्रतिफल हो । यो क्रमरहित हो । यो तथ्य बुझ्नु हो । मलाई लाग्छ यदि हाम्रा विद्यार्थीहरूले , यदि हाम्रा उच्च माध्यमिक विद्यार्थीहरूले -- यदि सबै अमेरिकी नागरिकहरूले -- सम्भाव्यता र तथ्याङ्कको बारेमा जानेका भए , हामी अहिले भईराखेको अर्थतन्त्रको अस्तव्यस्ततामा हुन्नथ्यौँ । त्यति मात्र -- धन्यवाद -- त्यति मात्र हैन -- [ तर ] यदि यो राम्ररी पढाईयो भने , यो धेरै नै रमाईलो हुन सक्छ । मेरो मतलव , सम्भाव्यता र तथ्याङ्क , यो खेलहरू र जुवाको गणित हो । यो झुकावहरूको विश्लेषण हो । यो भविश्यको अनुमान हो । हेर्नुस , विश्व एनालगबाट डिजिटलमा परिवर्तन भएको छ । र यो समय हाम्रो गणित पाठ्यक्रम एनालगबाट डिजिटलमा परिवर्तन गर्ने समय हो । अझ प्राचीन , अविरल गणितबाट आधुनिक , डिस्कृट गणिततर्फ । अनिश्चितताको गणित , क्रमविहीनताको , तथ्यको -- गणित , सम्भाव्यता र तथ्याङ्क हो । छोटकरीमा , हाम्रा विद्यार्थीहरू क्याल्कुलसका हिसाब गर्ने तरिकाहरु सिक्नुको सट्टा , मध्यमा बाट दुई स्ट्याण्डर्ड डेभिएसनहरू भनेको के हो भन्ने कुरा यदि सबैले जानेको भए एकदमै सार्थक हुन्थ्यो । र यो मेरो आशय हो । धेरै धेरै धन्यवाद । ( ताली )
# eo/BxDoaAHJnwTI.xml.gz
# ne/BxDoaAHJnwTI.xml.gz
(src)="1"> Bildigo ĉefrolas en mia laboro .
(src)="2"> Mi instruas tutmondan sanon
(src)="3"> Kaj mi scias ke la datumaro mem ne sufiĉas .
(trg)="1"> तथ्यलाई दृश्यमा प्रस्तुत गर्नु मेरो पनि आफ्नो कामको मुटुमा पर्छ । म विश्वव्यापी स्वास्थ्यका बारे पढाउंछु । र मलाई थाहा छ यसबारे तथ्यांक मात्र भएर पुग्दैन । मैले त्यसलाई यस्तो तरीकाले प्रस्तुत गर्न पर्छ की मानिसहरुले रमाइलो मानुन् र बुझुन् । अब म आफूले पहिले कहिल्यै नगरेको काम गर्न गैरहेको छु : त्यो हो तथ्यांकलाई वास्तविक धरातलमा एनिमेशनबाट प्रस्तुत गर्नु , त्यसका लागि मलाई यहांका यी साथीहरुको प्राविधिक सहयोग प्राप्त छ त शुरु गरौं : पहिले यो एक्सीस स्वास्थ्य को । औसत आयु २५ बर्ष देखि ७५ बर्ष सम्म । यहां मुनि अर्को एक्सिस बनाउं सम्पत्तिको : प्रतिव्यक्ति आय :
(src)="10"> 400 , 4 . 000 , 40 . 000 dolaroj .
(src)="11"> Malalte tie , estas malriĉa kaj malsana , kaj alte tie , estas riĉa kaj sana .
(src)="12"> Nun mi montros al vi la mondon antaŭ 200 jaroj , en 1810 .
(trg)="2"> ४०० , ४, ००० र ४०, ००० डलर । भनेपछि गरिब र रोगीहरु यहां तल पर्ने भए , यता माथि चाहिं धनी र निरोगीहरु । अब म तपाईंलाई २०० बर्ष अघिको संसार देखाउंछु , सन् १८१० तिरको । यि भए संसारका सबै देशहरु : युरोप खैरो , एशिया रातो , मध्यपूर्व हरियो , साहारादेखि दक्षिणको अफ्रीका नीलो , र अमेरिकाज पहेंलो । देशको नामको आकारको फोकाले त्यहांको जनसंख्या जनाउंछ । र सन् १८१० मा यहां मुनि भिडभाड निकै थियो होइन त ? सबै देशहरुमा रोग र गरिबी व्याप्त थियो , सबै देशमा मानिसहरुको औसत आयु ४० बर्षभन्दा मुनि थियो र खाली युके र नेदरल्याण्ड्स मात्र केहि राम्रो अवस्थामा थिए , तर त्यति धेरै पनि होइन । अब म यो विश्वलाई गतिशिल बनाउंछु । औद्योगीक क्रान्तिले युरोप र अन्यत्रका मुलुकलाई बांकी भन्दा टाढा लैजान्छ , तर एशिया र अफ्रीकामा उपनिवेश बनाइएका देशहरु यहां तल अल्झिएर बसेका छन् । पश्चिमा देशहरु विस्तारै विस्तारै निरोगी हुंदै जान्छन् । अब युद्धको र रोगको प्रभाव केहि विस्तारै हेरौं , पहिलो विश्वयुद्धको र स्पेनी फ्लू महामारीको । यसबेला कस्तो ठूलो विपद भएको रहेछ । अब तिब्र गतिमा अघि बढ्दै १९२० र १९३० को दशकतिर हेरौं । ग्रेट डिप्रेशन भनिएको महा- आर्थिक मन्दीको बेलामा पनि पश्चिमा देशहरु अघि बढी ने रहेका देखिन्छन् अझ बढी सम्पन्नता र निरोगीपन तिर । जापान र अरु देशहरु पछ्याउने प्रयास गर्छन् तर धेरैजसो देशहरु यहां तल तिर नै अड्कीएका छन् । अब , दोस्रो विश्व युद्धको वियोगहरु पछि सन् १९४८ को संसार हेर्न एकैछिन अडिऔं । १९४८ महान बर्ष थियो : लडाईं सकिएको थियो , हिउंदे ओलिम्पिक्सको पदक तालिकामा स्वीडेन शिर्षस्थानमा थियो र त्यही साल म पनि जन्में । तर संसारका देशहरु बीचको भिन्नताको खाडल पहिले कहिल्यै भन्दा बढी फराकिलो थियो । संयुक्त राज्य अमेरिका अग्रस्थानमा थियो , जापान त्यसलाई पछ्याउंदै थियो ब्रजील निकै पछाडी थियो , तेलधनबाट इरान केहि सम्पन्न हुंदै थियो तर औसत आयु अझै पनि कमै थियो र विशाल एशियाली अर्थतन्त्रहरु : चिन , भारत , पाकिस्तान , बांग्लादेश र इन्डोनेशिया तिनीहरु यहां मुनितिर अझै गरिब र रोगी नै थिए , तर अब हेर्नुस् के हुनेछ ! लौ अब फेरि अघि बढौं । मेरो जीवनकालमै , पहिलेका उपनिवेशहरु स्वतन्त्र भएका छन् , र अन्तत : तिनीहरु विस्तारै निरोगी बन्न शुरु भएको छ झन निरोगी झन झन निरोगी । र सन् १९७० को दशकमा , एशिया र ल्याटिन अमेरिकाका देशहरु पश्चिमा देशहरुकै हाराहारीमा आउन थाले : तिनीहरु उदाउंदो अर्थतन्त्र बन्न पुगे । अफ्रीकाका केहि देशले तिनलाई पछ्याए तर केहि अफ्रीकीहरु भने गृहयुद्धको चपेटामा परे अरुलाई एचआइभीको मार पर्यो । र अब हामी अहिलेको विश्व देख्न सक्छौं , उपलब्ध भएसम्मको ताजा तथ्यांकहरुको दृश्यमा । अहिले धेरैजसो मानिसहरु बीचको भागमा छन् । तर यति नै बेला एकदम ठूला भिन्नताहरु पनि छन् धनी देशहरु र गरिब देशहरुका बीचमा र ति देशहरुभित्रै पनि ठूला असमानताहरु छन् । यि फोकाहरुले देशहरुको औसतलाई देखाउंछन् तर म तिनलाई विभाजीत गर्न सक्छु । चिनलाई लिउं , म यस्लाई प्रान्तहरुमा विभाजीत गर्छु । त्यो सांघाई भयो । त्यहां अहिले इटलीमा जत्तिकै सम्पत्ति र निरोगीपना छ । र यहां गरिब भित्री प्रान्त गुईझु छ , यो पाकिस्तान जस्तो छ । यस्लाई अझै थप टुक्रा पार्ने हो भने यहांका ग्रामिण भेकहरु अफ्रीकाको घाना जस्तै छन् ।
(src)="45"> Tamen , spite al la hodiaŭaj malsamegoj , ni konstatas 200 jarojn da rimarkinda progreso .
(src)="46"> Tiu grandega historia fendo inter okcidento kaj malokcidento nun fermiĝas .
(src)="47"> Ni fariĝis tute nova konverĝanta mondo , kaj mi vidas klaran emon en la futuron kun helpo , komerco , verda teknologio , kaj paco .
(trg)="3"> तैपनि , यत्तिका विशाल असमानताहरु अहिले विद्यमान छंदा छंदै हामीले गत दुईसय बर्षमा भएका उल्लेखनीय प्रगतिहरुलाई देख्यौं । त्यो ठूलो ऐतिहासिक खाडल जुन पश्चिम र बांकी विश्वका बीच थियो त्यो अब पुरिंदैछ । हामी नितान्त नयां एकिकरणमुखी संसार बन्न पुगेका छौं र म भविष्यको दिशामा स्पष्ट परिवर्तनहरु देखिरहेको छु सहायता , व्यापार , हरित प्रविधि र शान्ति सहितको । सबै देशहरुले त्यस्तो लक्ष्य हासिल गर्न एकदमै सम्भव छ जुन यो स्वस्थ र सम्पन्नहरुको कुनामा पर्छ । र यसरी वितेका केहि मिनेटमा तपाईंले जे देख्नु भयो त्यो विश्वका दुई सय देशहरुको दुई सय बर्ष र त्यो भन्दा पनि अघि देखिको कथा हो । त्यो देखाउनका लागि एकलाख बीस हजार अंकहरुको संयोजन गर्नु परेको थियो । गज्जब होइन त ?
# eo/GP5fQfuhC55U.xml.gz
# ne/GP5fQfuhC55U.xml.gz
(src)="1"> Mi scias tion , kion vi pensas .
(src)="2"> Vi pensas , ke mi perdiĝis , kaj iu baldaŭ venos surscenejen por ĝentile regvidi min al mia seĝo .
(src)="3"> ( aplaŭdo )
(trg)="1"> मलाई थाहा छ तपाईहरु के सोचिरहनुभएको छ | तपाईहरु सोचिरहनुभएको छ कि मैले बाटो बिराए , र केहि बेरमा कोही यो स्टेजमा आउँदैछ र मलाई बिस्तारै मेरो सिटमा लैजानेछ | ( ताली ) दुबईमा मलाई सधै नै यस्तो हुन्छ |
(src)="5"> " Vi venis por ferii , ĉu ne , s- ino ? "
(trg)="2"> " तपाई यहाँ छुट्टीमा आउनुभएको हगि ? "
(src)="6"> ( ridoj )
(trg)="3"> ( हाँसो )
(src)="7"> " Aŭ por viziti la infanojn , ĉu ?
(src)="8"> Kiom longe vi restos ? "
(src)="9"> Nu fakte , dum ankoraŭ longa tempo , mi esperas .
(trg)="4"> " बच्चाहरु भेट्न आउनुभएको हो ? कहिले सम्म बस्नुहुन्छ ? " तर सत्य , म अझै अलि लामै समयको आशा गर्छु | म खाडी क्षेत्रमा ३० वर्ष भन्दा अघि देखि बस्ने र पढाउने काम गरिरहेको छु | ( ताली ) र त्यो समयमा , मैले धेरै परिवर्तनहरु देखेको छु | त्यो तथ्यांक अलिक निराशाजनक छ | र आज म तपाईहरु संग भाषाको विनाश र अंग्रेजीको विश्वव्यापिकरण बारे केहि भन्न गैरहेकोछु | म तपाईहरुलाई मेरो एक जना साथी को बारेमा उल्लेख गर्न चाहन्छु , जसले आबु धाबीमा वयस्कहरुलाई अंग्रेजी पढाइरहेका थिए | अनि एक राम्रो मौसम भएको दिन पारेर उनीहरुलाई प्रकृति सम्बन्धि केहि शब्दहरु सिकाउन बगैचामा लैजाने निर्णय गरिन् | तर भयो के भने उनले उल्टै स्थानीय बोटबिरुवाहरुको अरेबिक नाम सिकिन् | तिनीहरु को प्रयोग सहित -- औषधि , सौन्दर्य , पकाउने तथा जडिबुटी को रूपमा | ती विद्यार्थीहरुले त्यो सबै ज्ञान कहाँ बाट पाए ? अवस्य पनि , उनीहरूका बाजे- बजु बाट र अझ जिजु बाजे- बजु बाट | तपाईहरुलाई यो भन्नु आवश्यक छैन कि एक पुस्ता र अर्को पुस्ता बिचमा सम्बाद गर्न सक्ने क्षमता कति आवश्यक छ | तर दुःख को कुरा , आज भाषाहरु विनाश भैरहेका छन् र त्यो पनि अभूतपूर्व गतिमा | प्रत्येक १४ दिनमा एउटा भाषा को विनाश हुन्छ | र त्यहि समयमा , अंग्रजी चाहिँ निर्बाध विश्व भाषा भैरहेकोछ | के यो दुवैको को बिचमा केहि सम्बन्ध हुनसक्छ त ? खै मलाई चाहिँ थाहा छैन | तर मलाई के थाहा छ भने मैले धेरै परिवर्तन देखेको छु | जब म पहिलो पटक खाडी क्षेत्रमा आएँ , म कुबेत आएको थिए त्यस्ता दिनहरुमा जब त्यो कठिन पद थियो | उति सारो पहिला पनि हैन | त्यो त अलि पहिला नै हो | तैपनि , ब्रिटिस काउन्सिलले म लगायत अरु २५ शिक्षकहरुलाई नियुक्ति दियो | र हामी कुबेतको सरकारी स्कुलमा पढाउने पहिलो गैर- मुसलमान भयौं | हामीहरु अंग्रेजी पढाउन ल्याईएका थियौं किनकि सरकार देशलाई आधुनिकरण गर्न र आफ्ना नागरिकलाई शिक्षा द्वारा सुदृढ गराउन चाहन्थ्यो | र अवस्य पनि बेलायतलाई फाइदा थियो त्यो आकर्षक तेल को सम्पति बाट | ल त्यसो भए | अब यो चाहिँ मैले देखेको मुख्य परिवर्तन हो -- कसरी अंग्रेजी को पढाई परस्पर फाइदा को परम्परा बाट हाल को एक भयंकर अन्तराष्ट्रिय व्यापारमा रुपान्तरित भएको छ | अब यो विद्यालयको एक वैदेशिक भाषाको पाठ्यक्रम मात्र सिमित छैन | र मातृभूमि बेलायतको एकल क्षेत्राधिकार भित्र मात्र पनि छैन | यो त अब विश्व का हरेक अंग्रेजी- भाषी मुलुकको लागि देखासिकी भएको छ | अनि किन नहोस त ? जे भएपनि , सर्वोत्कृष्ट शिक्षा -- हालैको विश्वभरका विश्वविद्यालयहरुको वर्गीकरणलाई आधार मान्ने हो भने -- बेलायत तथा अमेरिकाका विश्वविद्यालयहरुमा पाइन्छ | त्यसैले स्वभावत रूपमा सबैजनाले अंग्रेजी शिक्षा लिन चाहान्छन् | तर यदि तपाई मौलिक भाषी हैन भने , तपाईले एउटा परीक्षा उत्तीर्ण गर्नु पर्छ | अब के एक विद्यार्थीलाई भाषागत क्षमताको आधारमा मात्र निषेध गर्नु उचित हुन्छ त ? हुनसक्छ तपाई संग एक कम्प्युटर बैज्ञानिक छ जो अत्यन्त मेधावी छ | उदहारण को लागि , के त्यो विद्यार्थीलाई एक वकिल हुन चाहिने जतिनै भाषा ज्ञान चाहिन्छ ? खै , मलाई त त्यस्तो लाग्दैन | हामी अंग्रेजी शिक्षक सदैव उनीहरुलाई निषेध गर्छौ | हामी निषेधको चिन्ह राख्छौं , र उनीहरुको बाटो बाट रोक्छौं | अब उनीहरू आफ्नो सपना पुरा गर्न सक्दैनन् , जब सम्म उनीहरू अंग्रजी सिक्दैनन् | अब मलाई यसरी प्रस्तुत गर्न दिनुहोस् , मैले एक एकल- भाषी नेडरल्यान्डवासी भेटें , जो संग क्यान्सर को उपचार थियो , के म उनलाई एक बेलायती विश्वविद्यालयमा प्रवेश गर्न बाट रोक्ने थिएँ ? अहँ मलाई त त्यस्तो लाग्दैन | तर वास्तवमा हामी त्यहि गरिरहेका छौं | हामी अंग्रेजी शिक्षकहरु ढोके भएका छौं | तपाईले हामीलाई सन्तुष्ट पार्नु पर्छ कि तपाईको अंग्रजी राम्रो छ | अब समाज को सानो समुदाय लाई धेरै शक्ति दिनु खतरनाक पनि हुन सक्छ | त्यो बाधा अलि बढि नै विश्वव्यापी पनि हुनसक्छ | ल त्यसो भए |