# be/EcSwqG8DzUaZ.xml.gz
# ne/EcSwqG8DzUaZ.xml.gz


(src)="1"> Калі я быў студэнтам тут у Оксфардзе ў 1970- я , будучыня свету здавалася змрочнай .
(src)="2"> Выбух росту насельніцтва было не спыніць .
(src)="3"> Сусветны голад быў непазбежным .
(trg)="1"> जब म १९७० तिर यहाँ अक्सफोर्डको बिधार्थी थिएँ बिश्वको भबिष्य त्यती आशालाग्दो थिएन / जनसंख्या वृद्धि रोक्नै नसकिने खालको थियो / भोकमरी हटाउनै नसकिने थियो / वातावरणमा भएको रसायनको कारणले फैलिएको क्यान्सरले हाम्रो जीवन छोट्याउदै थियो / जंगलहरूमा अम्ल वर्षा भैरहेको थियो / हरेक वर्ष थप एक दुई माईलले मरुभूमिकरण भईरहेको थियो| तेलको भण्डार रित्तिदै थियो / र , शीतकालीन परमाणुले हामीलाई सिध्याउन सक्थ्यो / तर त्यस्तो केही भएन / ( हाँसो ) आश्चर्यजनक रुपमा , यदि तपाईंहरू मेरै जीवन अबधिमा वास्तवमा के के भयो त भनेर हेर्नु हुन्छ भने , यही ग्रहको औषत मान्छेको औषत प्रति व्यक्ति आय साँचो अर्थमा , स्फीतिलाई समायोजन गर्दा , तीन गुणा भयो / मेरै जीवन अबधिमा आयु ३० प्रतिशतले वृद्धि भयो / बाल मृत्यु दर दुई तिहाईले कम भयो / प्रति व्यक्ति खाद्य उत्पादनमा एक तिहाईले वृद्धि भयो / र यो सँगसँगै जनसँख्या दोब्बर पुगेको छ / हामीले कसरी यो सब प्राप्त गर्यौं - तपाईं यसलाई राम्रो कुरा मान्नु हुन्छ या हुन्न - हामीले कसरी यो सब प्राप्त गर्यौं त ? हामी कसरी त्यस्तो प्रजाति बन्यौं जसको संख्या जति बढ्यो उति बढि समृद्ध हुन्छ ? यो ग्राफमा बिन्दुको आकारले जनसँख्याको आकार जनाउँछ / र ग्राफको तहले प्रति व्यक्ति कुल ग्राहस्थ उत्पादन जनाउँछ / मलाई लाग्छ यो सवालको जवाफको लागि कसरी मानव जातिले आफ्ना दिमागलाई एक ठाउँमा ल्याउन सके र आफ्ना विचारहरूलाई संयोजन र पुनर्संयोजन , सम्पर्क र , साँच्चै भन्नु पर्दा , संसर्ग गर्न सक्षम बनाउन सके भन्ने कुरा बुझ्नु पर्ने हुन्छ / अर्को शब्दमा , विचारहरू कसरी संसर्ग गर्छन भन्ने बुझ्नु पर्ने हुन्छ / कल्पना गर्नुहोस हामी कसरी यस्ता किसिमका वस्तुहरू बनाउने अबस्थाबाट यस्ता किसिमका वस्तुहरू बनाउने अबस्थामा आईपुग्यौं / यी दुवै वास्तविक वस्तुहरू हुन / एउटा पाँच लाख वर्ष भन्दा अगाडि ढुंगे युगमा होमो इरेक्टस प्रजातिका मानिसहरूले बनाएको जस्तै हाते औजार हो / अर्को स्वाभाविक रुपमा कम्प्युटरको माउस हो / यी दुवै पत्याउनै नसकिने गरी ठ्याक्कै एउटै आकार र उस्तै प्रकारका छन् / मैले कुन चाहीँ ठुलो छ भनेर पत्ता लगाउन खोजेँ तर त्यो झन्डै असम्भव छ / त्यो किन भने यी दुवै मान्छेको हातमा ठ्याक्क अटाउने गरी बनाईएका छन् / यी दुवै प्रविधि हुन / अन्त्यमा , तिनीहरुको समानता त्यती रोचक भने छैन / त्यसले ती दुवै केवल मान्छेको हातमा अटाउने गरी बनाईएका थिए भन्ने मात्र बताउँछ / यहि भिन्नताहरुलेनै मेरो रुचि जगाउँछन् / किनभने बायाँ पट्टिको चाहीँ एउटै डिजाइनमा बनाईएको थियो झन्डै १० लाख वर्ष सम्म -- १५ लाख वर्ष अघि देखि ५ लाख वर्ष अघि सम्म / होमो इरेक्टसहरुले यस्तै सामग्री ३०, ००० पुस्ता सम्म बनाए / पक्कै पनि केही परिवर्तनहरू भने थिए , तर ती दिनहरुमा सामग्रीहरु मानिसको रुप- रेखा भन्दा ढिलो परिवर्तन भए / त्यहाँ कुनै प्रगति थिएन , कुनै आविस्कार थिएन / यो एउटा असाधारण घटना हो , तर सत्य हो / जब की दायाँको वस्तु पाँचै वर्षमा काम नलाग्ने हुन्छ / र अर्को पनि भिन्नता छ , त्यो हो - बायाँको वस्तु एउटै पदार्थबाट बनेको छ / दायाँको वस्तु विभिन्न पदार्थहरुको मिश्रणबाट बनेको छ , सिलिकन र धातु र प्लाष्टिक इत्यादिबाट / त्यो भन्दा पनि बढि , यो फरक फरक आइडियाहरुको मिश्रण हो , प्लाष्टिकको आइडिया , लेजरको आइडिया , ट्रान्जिस्टरहरुको आइडिया| ती सबै आइडियाहरुको संयोजन गरिएको छ यो प्रविधिमा / र यो त्यो संयोजन हो , त्यो एकमुष्ठ प्रविधि हो , जसले म भित्र उत्सुकता जागृत गराउँछ / किनभने मलाई लाग्छ यो संसारमा के भईरहेको छ भनेर बुझ्नको लागि यो नै एउटा गोप्य तथ्य हो / मेरो शरीर पनि विचारहरुको थुप्रो हो , छालाका कोषहरुको विचार , गिदीका कोषहरुको विचार , कलेजोका कोषहरुको विचार / तिनीहरु सबै सँगै आएका छन् / क्रमिक विकासले कसरि संचिति , संयोजन जस्ता कुराहरू गर्छ ? खयर , यसले यौन प्रजननको प्रयोग गर्छ / अलैंगिक प्रजातिहरूमा , यदि तपाईं फरक फरक प्राणीहरुमा दुई भिन्न खालका रुपान्तरण पाउनु भयो भने , मानौं एउटा हरियो र अर्को रातो , एउटा अर्को भन्दा राम्रो हुनु पर्छ| एउटा अस्तित्वमा रहनको लागि अर्को लोप हुनु पर्छ| तर लैंगिक प्रजातिको मामिलामा भने विभिन्न वंशबाट दुवै किसिमका रुपान्तरणहरू ग्रहण गर्न सम्भव छ| त्यसैले संसर्गले के गर्छ भने हरेक सन्तानलाई सिंगो प्रजातिको आनुवंशिक आविस्कारहरूलाई ग्रहण गर्न सक्षम बनाउँछ| यो आफ्नो वंशमा मात्र सिमित छैन| त्यो के प्रकृया हो जसले सांस्कृतिक विकासक्रममा संसर्गले जैविक विकासक्रममा जस्तै असर पारिरहेको छ ? र मलाई लाग्छ यसको जवाफ विनिमय ( सट्टापट्टा ) हो , एउटा वस्तु अर्कोसँग विनिमय ( सट्टापट्टा ) गर्ने बानी हो| यो मान्छे मात्रको विशेषता हो| अरु कुनै प्राणीहरु त्यसो गर्दैनन| तपाईं प्रयोगशालामा तिनीहरूलाई अलिअलि विनिमय गर्न सिकाउन सक्नु हुन्छ| अनि वास्तवमै त्यसको प्रभाव अरु प्राणीहरूमा देख्न सकिन्छ| तर तिनीहरू एउटा वस्तुको विनिमय अर्को वस्तुसँग कहिल्यै गर्न सक्दैनन| आडम् स्मिथले भने झैँ कसैले पनि आजसम्म

(src)="60"> " Ніхто яшчэ не бачыў сабака , які б ажыццявіў справядлівы абмен косткамі з іншым сабакам " .
(src)="61"> ( Смех )
(src)="62"> Культура можа існаваць без абмену .
(trg)="2"> " एउटा कुकुरले अर्को कुकुरसँग हड्डी साटेको देखेको छैन| " ( हाँसो ) तपाईंहरू विनिमय बिनाको संस्कार अपनाउन सक्नु हुन्छ| सेक्स बिनाको संस्कार अपनाउन सक्नु हुन्छ| चिम्पान्जी , हिंश्रक व्हेल जस्ता प्राणीहरूको पनि संस्कार छ| तिनीहरू एकअर्कालाई परम्परा सिकाउँछन जुन आमाबाबुबाट सन्तानमा सारिन्छ| चिम्पन्जीहरूले एकअर्कालाई ढुंगाले कसरी ओखर फोर्ने भने जस्ता कुरा सिकाउँछन | तर भिन्नता के भने ती संस्कारहरू कहिल्यै विस्तार हुँदैनन , कहिल्यै वृद्धि हुँदैनन , कहिल्यै एकत्रित हुँदैनन र कहिल्यै संयोजन योग्य हुँदैनन| कारण के भने त्यहाँ संसर्ग हुँदैन त्यहाँ विचारहरूको आदानप्रदान हुंदैन| चिम्पन्जीहरुको बेग्लाबेग्लै बगालका बेग्लाबेग्लै संस्कारहरू हुन्छन| तिनीहरू बीच विचारको आदानप्रदान हुँदैन| र किन विनिमयले जीवन स्तरलाई उकास्छ ? खयर , त्यसको उत्तर १८१७ मा डेविड रिकार्डोले दिएका थिए| र यो उनको त्यो कथाको ढुंगे युग संस्करण हो , तथापि उनले यो देशहरू बीचको ब्यापारको सन्दर्भमा भनेका थिए| आडमले चार घन्टामा एउटा भाला बनाउँछ र तीन घन्टामा एउटा बन्चरो बनाउँछ| अजले एक घन्टामै एउटा भाला र दुई घन्टामै एउटा बन्चरो बनाउँछ| त्यसैले दुवै काममा आडम भन्दा अज सिपालु छ| उसलाई आडमको खाँचो छैन| उसले आफ्नो लागि आफै हतियार बनाउन सक्छ| तर यसो सोंच्नु भयो भने , त्यस्तो हुँदैन , किनकि यदि अजले दुईटा भाला र आडमले दुईटा बन्चरा बनाएर सट्टापट्टा गरे भने , तिनीहरू प्रत्येकले एक- एक घण्टा समय बचाउन सक्छन| र उनीहरू जति बढि सट्टापट्टा गर्छन , त्यती धेरै समय बचत पनि गर्छन| किनकि उनीहरू जति बढि यसो गर्छन , आडम बन्चरो बनाउने काममा झन सिपालु हुँदै जान्छ , र अज भाला बनाउने काममा झन सिपालु हुँदै जान्छ| त्यसपछि त्यस ब्याबसायबाट हुने आम्दानी बढ्दै जान्छ| यो विनिमयका सुन्दर पक्षहरू मध्ये एक हो , यसले वास्तवमा बिशिष्टता हासिल गर्नको लागि गति उत्पन्न गर्छ , जसले अझ बढि विनिमय गर्ने हौसला प्रदान गर्छ / आडम र अज दुवैले एक घण्टा समय बचत गरे| आबश्यकता परिपूर्ति गर्ने क्रममा समयको बचत गर्नु समृद्ध हुदै जानु हो| एकचोटी आफैलाई प्रश्न गर्नुहोस कि तपाईंलाई रातमा एक घण्टा किताब पढ्नको लागि चाहिने उज्यालोको जोहो गर्न कतिबेर काम गर्नु पर्थ्यो होला| यदि तपाईंलाई बिल्कुलै शुन्यबाट शुरु गर्नु पर्यो भने , पहिले त गाउँमा जानु पर्यो| एउटा भेडो खोजेर काट्नु पर्यो| अनि त्यसको बोसो निकाल्नु पर्यो| बोसोलाई पगाल्नु पर्यो| अनि त्यसको बत्ति बनाउनु पर्यो| यस्तै थुप्रै झन्झटहरू गर्नु पर्यो| यसले तपाईंको कति समय लेला ? अलि धेरै नै लिन्छ| साँच्चै एक घण्टा पढ्ने लाइट जोहो गर्न तपाईंलाई कति बेर काम गर्नु पर्ला यदि तपाईं आजभोलीको ब्रिटेनमा औषत ज्याला पाउनु हुन्छ भने ? झन्डै आधा सेकेन्ड मात्र| १९५० तिर , त्यती उज्यालोको जोहो गर्न औषत ज्याला हुनेले आठ सेकेन्ड काम गर्नु पर्थ्यो| र तपाईंले १९५० को तुलनामा साढे सात सेकेन्ड बराबरको समृद्धि प्राप्त गर्नु भयो| किनकि त्यो साढे सात सेकेन्डमा तपाईं अरु केही गर्न सक्नुहुन्छ| अथवा अरु कुनै वस्तु वा सेवा प्राप्त गर्नको लागि खर्च गर्न सक्नुहुन्छ| १८८० तिर त अझ त्यही एक घण्टा पढ्न पुग्ने बत्तिको जोहो गर्न औषत ज्यालामा १५ मिनेट काम गर्नु पर्थ्यो| त्यो भन्दा पनि अगाडि १८०० तिर त , एक घण्टा बाल्न पुग्ने क्यान्डलको लागि छ घण्टा काम गर्नु पर्थ्यो| अर्को शब्दमा भन्नु पर्दा , १८८० तिर औषत आम्दानि भएको मान्छेले क्यान्डल किन्न सक्दैन थियो| एक चोटी फेरि यो ढुंगाको औजार र माउसलाई हेरेर आफैलाई सोध्नुहोस : यी वस्तुहरू कसले कस्तो लागि बनायो होला ? त्यो ढुंगाको औजार बनाउनेले आफ्नै कामको लागि बनाएको थियो| यो त्यतिबेलाको आत्मनिर्भरता थियो| तर आज त्यसलाई अनुत्पादक कार्य मान्छौं| तर दायाँको वस्तु कोही अरुले नै मेरो निम्ति बनाईदिएको थियो| कति जना अरु मानिसहरु मिलेर बनाए होलान ? दश ? सय ? हजार ? मेरो विचारमा लाखौँ मिलेर बनाए होलान| किनभने तेल उत्खनन गर्ने मान्छेको लागि बनाईएको एक कप कफीमा त्यो कफीको बिरुवा उमार्ने मान्छेलाई सम्म समाबेश गर्नु पर्ने हुन्छ| ती सबैले हाम्रो लागि एउटा माउस तयार गर्न काम गरिरहे| यसप्रकार हाम्रो समाजले काम गरिरहेको हुन्छ| र यो नै त्यस्तो बिशेषता हो जुन हामीले मानव जातिको रुपमा पाएका छौँ| पहिले पहिले कोही धनी हुनुको अर्थ ऊसँग नोकरचाकरहरू छन् भन्ने हुन्थ्यो| त्यसरी नै मान्छे धनी कहलिन्थे ; अरुलाई काम दिएर| लुइ चौधौंका थुप्रै नोकरचाकरहरू थिए| तिनीहरूले उसको यो गाईजात्रे कपडा बनाईदिए| ( हाँसो ) अनि उसको कपाल पनि त्यस्तै गाईजात्रे बनाईदिए| उसको लागि ४९८ जना कामदार मिलेर रातिको भोजन तयार गर्थे| तर अहिले लुइ चौधौंको दरवार घुम्न आउने र उसका तस्बिर हेर्ने एक आधुनिक पर्यटकका लागि पनि ४९८ जनाले रात्रिभोज तयार गर्छन| तिनीहरू पेरिसभरि बिस्ट्रो , क्याफे अनि रेस्टुरेन्टमा छन्| र तिनीहरू एक घण्टा भित्र एकदम राम्रो खानेकुरा सर्व गर्न तयार छन् जसको गुणस्तर लुइको खानाको भन्दा सायद धेरै राम्रो छ| र त्यसरी नै हामी अहिलेको जमानामा काम गरिरहेका छौँ , हामीहरू सबै एक- अर्काका लागि काम गरिरहेका छौँ| हामी कुनै पनि कार्यमा विशिष्टता हासिल गर्न र त्यसको आदानप्रदान गरेर एक अर्काको जीवन स्तर माथि उठाउन सक्षम छौं| तपाईं अरु जनावरले पनि एक अर्काको लागि काम गरेको पाउनु हुन्छ| जस्तै कमिलाहरू ; कामदारहरू तिनका रानीहरूको लागि काम गर्छन भने रानीहरू आफ्ना कामदारहरूको लागि| तर त्यहाँ ठुलै भिन्नता छ , त्यो के भने उनीहरुको यस्तो कार्य एउटा समूहमा मात्र सिमित हुन्छ| एउटा समूहले अर्को समूहको लागि काम गर्ने चलन हुँदैन| कारण के भने किनकि त्यहाँ प्रजननको लागि श्रम विभाजन हुन्छ| भन्नुको अर्थ , तिनीहरू प्रजननको सम्बन्धमा बिशिस्टता हासिल गर्छन| रानीले यो सबै काम गर्छ| तर हाम्रो प्रजातिमा , हामी त्यसो गर्न चाहन्नौं| प्रजनन त्यसो चिज हो जुन हामी आफ्नो लागि आफै गर्न चाहन्छौं| ( हाँसो ) बेलायतमै पनि , हामी प्रजनन रानीबाट गराउदैनौं| ( ताली ) त्यसो भए यो बानीको सुरु कहिले देखि भयो त ? र यो कहिले देखि यस्तो हुँदै गैरहेको छ त ? र त्यसको मतलब के हुन्छ ? त्यसो त , मलाई लाग्छ , यसको सबैभन्दा पुरानो संस्करण सायद श्रमको लैंगिक विभाजन हो| तर त्यसको लागि मसँग कुनै प्रमाण छैन| यस्तो लाग्छ कि हामीले गरेको पहिलो काम पुरुषले महिलाको लागि र महिलाले पुरुषको लागि थियो| हन्टर- ग्यादररहरूको आजका समाजहरुमा , आहारा बटुल्ने आधारमा श्रमको विभाजन हुन्छ शिकार गर्ने पुरुष र गीठा- भ्याकुर खोज्ने महिलाहरु बीच| यो त्यती सजिलो भने छैन| तर त्यहाँ पुरुष र महिलाका बीच बिशेष भूमिकाहरूमा भिन्नता छ| र त्यो प्रणालीको राम्रो पक्ष भनेको यसले दुवैथरीलाई फाइदा पुर्याउँछ| हाद्जाहरुको मामिलामा - महिलाले तरुल खनेर पुरुषसँग मासुसित साट्ने कुरामा - उनलाई थाहा हुन्छ कि प्रोटिन प्राप्त गर्नको लागि केवल उनले केही बढि तरुल खन्नु पर्छ र मासुसँग साट्नु पर्छ| र त्यो निकै थकाईलाग्दो शिकार खेल्न गएर बदेल मार्नु पर्दैन| अनि पुरुषलाई पनि तरुल प्राप्त गर्नको लागि आफै खन्न जानु पर्दैन भन्ने थाहा हुन्छ| उसले मात्र बदेल मार्दा त्यसको केही भाग तरुलसँग साट्न पर्याप्त छ भन्ने निश्चित गरे पुग्छ| यसरी कामको लैंगिक विभाजन गरेर पुरुष र महिलाले जीवनस्तर उकास्छ्न | यो प्रकृया कहिले सुरु भयो त ? हामीलाई थाहा छैन , तर सम्भवतः नियाण्डरथलहरुले त्यसो गरेनन| तिनीहरू एकदमै सहयोगी प्रजाति थिए| तिनीहरू एकदमै बुद्धिमान थिए| तिनीहरुको दिमाग औषतमा , अन्त्य सम्ममा , यो हलमा हुने तपाईं हाम्रो भन्दा ठूलो थियो| तिनीहरू कल्पनाशील थिए| तिनीहरू लाशलाई गाड्दथे| सायद तिनीहरूको भाषा पनि थियो , किनकि तिनीहरूको हाम्रो जस्तै FOXP2 जीन थियो , जुन कुरा यहाँ अक्सफोर्डमा पत्ता लगाईएको थियो| यस्तो लाग्छ कि तिनीहरूसँग भाषिक सीपहरू थिए| तिनीहरू प्रतिभाशाली थिए| मैले नियाण्डरथलहरुको अपमान गर्न खोजेको होइन| तर कुनै श्रमको लैंगिक विभाजनको प्रमाण भने छैन| स्त्रीहरूले खानेकुरा बटुल्ने गरेको कुनै प्रमाण छैन| यस्तो लाग्छ कि स्त्रीहरूले पुरुषहरूलाई शिकार खेल्न सघाउथे| र अर्को त्यस्तै प्रमाण नभएको कुरा हो समुह बीच हुने लेनदेन| किनकि नियाण्डरथलको अबशेषको रुपमा भेटिएका वस्तुहरू , तिनीहरूले बनाएका औजारहरू , आफ्नै वरपर पाईने पदार्थबाट बनेका छन्| उदाहरणको लागि , ककेशसमा एउटा स्थान छ जहाँ त्यस्ता नियाण्डरथलका औजारहरू भेटिन्छन| ती औजारहरू त्यहीँ वरपर पाईने एक किसिमको ढुंगाबाट बनाईएका छन्| त्यही ठाउँमा आधुनिक मानवका अबशेषहरू पनि छन् झन्डै उहि समय , ३०, ००० बर्ष पहिलेका| र ती मध्ये केही त तिनै ढुंगाबाट बनेका छन् , तर धेरैजसो धेरै टाढाबाट ल्याईएका अब्सिडियन ( लाभा चिसिएर बनेको शीशा जस्तो पत्थर) बाट बनाईका छन्| अनि जब मान्छेहरू यसरी सामानहरू यताउता लानेल्याउने गर्न थाले , त्यो नै तिनीहरूले समूह समूह बीच आदान प्रदान गर्ने गरेको प्रमाण थियो| ब्यापार खेतीपाती भन्दा १० गुणा पहिले शुरु भएको थियो| तर मान्छेहरू त्यो भुलेर व्यापारलाई आधुनिक कुरा हो भन्ठान्छन| समुदाय बीचको आदान प्रदान लाखौं बर्ष देखि हुँदै आईरहेको छ| र त्यसको प्रमाण त्यस्तै ८० देखि १२०, ००० बर्ष पहिले अफ्रिकामा भेटिन्छ , जव तपाईं अब्सिडियन र ज्यास्पर अनि त्यस्तै अरु चिजहरू ईथियोपियामा धेरै टाढा सम्म पुगेको पाउनु हुन्छ| अल्जेरियाको मेडिटेरेनियनबाट - अक्सफोर्डको एउटा टिमले पत्ता लगाए अनुसार - १२५ माईल टाढा सम्म पुगेका समुद्री सिपीहरूलाई हेर्नुहोस / र त्यो मान्छेहरूले समूह समूह बीच आदान- प्रदान सुरु गरेको प्रमाण हो| र त्यसले विशेषज्ञता तर्फ अग्रसर गराउँछ| लामो दूरीको यात्राको मतलब बसाई सराई मात्र भन्दा पनि व्यापार हो भन्ने कसरी बुझ्ने त ? आधुनिक हन्टर ग्यादरर जस्ता आदिबासीहरूलाई हेर्नुस् , जसले ढुंगाको औजारको निम्ति माउन्ट अइजा भन्ने ठाउँमा उत्खनन गरे , जुन जग्गा काल्काडुन जनजातिको स्वामित्वमा थियो| तिनीहरुले त्यसलाई आफ्ना छिमेकीसँग स्टिंग्रे बार्ब जस्ता सामानहरूसँग व्यापार गरे| परिणामस्वरुप ती ढुंगे औजारहरू अष्ट्रेलियाको धेरैजसो भागमा फैलिए| यसरी सामग्रीहरू टाढा टाढा सम्म फैलिनु भनेको ब्यापारको संकेत हो , बसाईसराईको होइन| मान्छेहरूलाई विनिमय गर्नबाट रोक्ने हो भने , विनिमय गरेर विशेषज्ञता हासिल गर्ने क्षमतामा रोक लगाउने हो भने के हुन्छ होला ? त्यसको जवाफ हुन्छ , त्यसले प्रविधिको विकासलाई सुस्त मात्र गर्दैन वास्तबमा यसको अधोगति नै हुन्छ| त्यसको एउटा उदाहरण हो ताज्मेनिया| समुद्री सतह बढेर १०, ००० बर्ष अघि ताज्मेनिया एउटा टापुमा परिणत भयो , त्यहाँका बासिन्दाहरूले मुख्यभूमिका मानिसहरूको तुलनामा सुस्त गतिमा प्रगति भयो होइन वास्तवमा अधोगति भएको महशुस गरे| उनीहरूले आफ्नो सामग्रीहरू ( हड्डीका ) बनाउने , माछा मार्ने उपकरण र कपडा बनाउने सीपहरू त्यागिदिए किनकि जम्माजम्मी ४००० जतिको जनसंख्या सामान्यतया उक्त प्रविधिलाई यथावत राख्न आबश्यक पर्ने बिशेष सीपहरूलाई कायम राख्न पर्याप्त थिएन| त्यो भनेको यो हलमा अहिले भएका सबै मानिसलाई लगेर एउटा मरुभूमि टापुमा छाडिदिए जस्तै हो| अहिले हाम्रो गोजीमा भएका कति वस्तुहरू हामीले १०, ०० बर्ष पछि बनाउन सक्थ्यौं होला ? उस्तै टापु , उस्तै मान्छेहरू , तर टिएरा डेल फुएगोमा त्यस्तो भएन| कारण के भने टिएरा डेल फुएगो दक्षिण अमेरिकाबाट एउटा निकै साघुरो गल्छीले मात्र अलग्गिएको छ| र १०, ००० बर्ष सम्म त्यहाँ गल्छीको वारिपारि व्यापारिक सम्पर्क थियो| तर ताज्मेनियनहरू नितान्त सम्पर्क बिहिन थिए| एकचोटी फेरि यो फोटो हेर्नुहोस र आफैलाई सोध्नुहोस , कसले कसको लागि बनायो भनेर भन्दा पनि कसले यी वस्तुहरू बनाउन जान्यो भनेर| ढुंगे औजारको हकमा , जसले बनायो उसले कसरी बनाउने भन्ने पनि जान्यो| तर कम्प्युटरको माउस कसरी बनाउने भन्ने कसले जानेको छ ? कसैले जानेको छैन , साचो अर्थमा कसैले पनि जानेको छैन| यो संसारमा कम्प्युटर माउस बनाउन जानेको कोही पनि छैन| म साच्चै गम्भीर भएर भन्दै छु| कम्प्युटर माउस कम्पनीको अध्यक्षले माउस बनाउन जान्दैन| उसले त कम्पनी कसरी चलाउने मात्र जान्दछ| पुर्जाहरू जोड्ने व्यक्तिले जान्दैन किनभने उस्लाई कसरी तेलको कुवा उत्खनन गर्ने र तेल निकालेर प्लाष्टिक बनाउने भन्ने थाहा छैन| हामी सबैलाई अलिअलि थाहा छ तर कसैलाई पनि बिस्तृत जानकारी छैन| मैले वास्तवमा १९५० तिरका अर्थशास्त्री लियोनार्ड रीडको " म , पेन्सिल " भन्ने प्रख्यात निबन्धबाट उदधृत गरेको हुँ जसमा उनले कसरी पेन्सिल बनाईयो भन्ने बारे लेखे र कसरी कसैले पनि कसरी पेन्सिल बनाउने भन्ने पनि जान्दैनन् , किनकि एसेम्बल गर्ने मान्छेलाई कसरी ग्राफाइट निकाल्ने भन्ने थाहा हुदैन| र तिनीहरूले कसरी रुख ढालेर त्यस्तो चिज बनाउने भन्ने जान्दैनन| विनिमय र विशेषज्ञताको माध्यमबाट हामीले मानव समाजमा के गरेका छौं भने , हामी आफैले बुझ्न सम्म नसक्ने काम गर्ने क्षमताको विकास गरेका छौँ| यो भाषा जस्तो होइन| भाषाको माध्यमले हामी एकअर्काले बुझ्न सक्ने आइडियाको आदान प्रदान गर्छौं| तर प्रविधिको माध्यमबाट हामी वास्तबमा हाम्रो क्षमता भन्दा बाहिरको काम गर्न सक्छौं| हामी मान्छेको दिमागको क्षमता भन्दा बाहिर एउटा असाधारण स्तरमा पुगिसकेका छौँ| अनि प्रसंगबस , कस्को भन्दा कस्को आई क्यू बढि छ भन्ने बादबिबादमा मलाई रुचि नलाग्ने यो एउटा कारण हो| यो पूर्ण रूपले असान्दर्भिक कुरा हो| समाजको लागि के कुरा सान्दर्भिक हो भने मान्छेहरू कत्तिको राम्ररी आफ्ना विचारहरू संचार गरिरहेका छन् , र कत्तिको राम्ररी एक अर्कालाई सहयोग गरिरहेका छन् , एउटा व्यक्ति कत्तिको चलाख छ भन्ने होइन| त्यसकारण हामीले सामुहिक दिमाग भन्ने कुरा सिर्जना गरेका छौँ| हामी त त्यो संजालको एउटा शाखा मात्र हौँ| हामी त त्यो दिमागको सानो स्नायु हौँ| यो विचारहरूको लेनदेन हो , विचारहरूको सम्पर्क र संसर्ग हो , जसले अलिअलि गरेर प्रविधिको बिकासमा मद्दत पुर्याएको छ| तैपनि , नराम्रा घटनाहरू घट्छन| र भविष्यमा , यसरी अगाडि बढ्दै जादा , साच्चै आतंक मच्चाउने कुराहरु महशुष गर्ने छौं| युद्ध हुने छ ; नैराश्यता हुने छ ; प्राकृतिक प्रकोप हुने छन्| डरलाग्दा घटनाहरू यो सताब्दीमा घट्ने छन् , म पुरा बिश्वस्त छु| तर म के कुरामा पनि बिश्वस्त छु भने , यस्तै सम्बन्धहरुको कारणले मानिसहरुले विचारहरूको सम्पर्क र संसर्ग गर्ने क्षमता निर्माण गरिदिएका छन् जुन पहिले कहिल्यै भएको थिएन| म निश्चित छु कि प्रविधि अझ सशक्त हुने छ , र जीवन स्तर पनि सशक्त हुने छ| किनकि बादलको बीचबाट , भिडको बीचबाट , शुन्यबाट विकास हुँदै गएको एउटा संसार हामीले सिर्जना गरेका छौँ , जहाँ सम्भ्रान्त मात्र होइन , हरेक व्यक्ति आफ्नो विचार ग्रहण गर्न र तिनीहरुलाई सम्पर्क र संसर्ग गराउन सक्षम छ , निश्चय पनि हामीहरूले आविस्कारलाई गति प्रदान गरेका छौँ / धन्यबाद / ( ताली )